- ब्रह्मदेव यादव, विराटनगर २४५ पटक हेरिएको
शुक्रबार, माघ १६, २०८२ समय : १८:३९:५० , २ घन्टा अगाडि
नेपाली कांग्रेसबाट मोरङ जिल्लाको निर्वाचन क्षेत्र नं. ५ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार फुलकुमार लालवानीले रंगेली नगरपालिका क्षेत्रमा जोडदार चुनावी सभा गरिरहेका छन् ।
उम्मेदवार लालवानीले चुनावी सभा सँगै पार्टीमा योगदान पुर्याएका लोकतन्त्र प्रेमी ज्येष्ठ नागरिकहरूको घरघरमा पुगेर जितको आशीर्वाद लिइरहेका छन् । आशीर्वाद लिने क्रम जारी रहेको छ ।
उम्मेदवार लालवानी र कांग्रेस केन्द्रीय सदस्य एवं कोशी प्रदेश सभाका सदस्य अमृत अर्यालले रंगेली नगरपालिका क्षेत्रमा कांग्रेसले आयोजना गरिरहेको चुनावी सभालाई सम्बोधन गरिरहेका छन् ।
मोरङ ५ मा कांग्रेसको साङ्गठनिक अवस्था बलियो छ । दोस्रो संविधान सभाको निर्वाचनमा कांग्रेसका लोकप्रिय नेता अमृत अर्यालले जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवलाई पराजित गरेर सानदार विजयी प्राप्त गरेका थिए ।
कांग्रेसले मोरङ ५ मा पहिलो चरणमा पार्टीका क्रियाशील सदस्य र साधारण सदस्यहरूलाई चुनावी अभियानमा परिचाल गर्ने तयारी गरेको छ ।
कांग्रेस मोरङ क्षेत्र नं. ५ को शनिबार धनपालथान गाउँपालिकाको कर्सियामा बस्न लागेको क्षेत्रीय समितिको बैठकले पहिलो चरणमा क्रियाशील र साधारण सदस्यहरूलाई चुनावी अभियानमा परिचालन गर्ने निर्णय गर्न लागेको छ । नयाँ नेतृत्वसँगै कांग्रेसका नेता र कार्यकर्ताहरूको बिचमा अभूतपूर्व एकता देखिएको छ ।
कांग्रेसका नेता र कार्यकर्ता बिच देखिएको अभूतपूर्व एकता नै विजयको आधार तयार भएको छ । मोरङ सहित देश भरीका कांग्रेसका नेता र कार्यकर्ताहरूले एकताको महसुस गरिरहेका छन् ।
जसको परिणाम स्वरूप मोरङको ६ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले सानदार जित निकाल्ने लालवानीको ठम्याई छ ।