- चिरफार डटकम, विराटनगर १३७ पटक हेरिएको
मंगलबार, माघ २०, २०८२ समय : १४:५१:३७ , २ घन्टा अगाडि
मोरङ उद्योग व्यापार संघ विराटनगरले मंगलबार वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीलाई स्वागत तथा सम्मान गरेका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष द्वय मनोजकुमार दास र आशिष कुमार लाठ नेतृत्वको टोली आपसी सद्भाव र पारस्परिक सम्बन्ध विस्तारका लागि विराटनगर आइपुगेका हुन् ।

विराटनगर आइपुगेको वीरगञ्जको टोलीलाई मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडा सहित पदाधिकारी र कार्यसमितिको टोलीले स्वागत र सम्मान गरेका हुन् ।
सुनसरी–मोरङ, वीरगञ्ज , भैरहवा र नेपालगञ्ज औद्योगिक कोरिडोरमा उद्योग सञ्चालन गरिरहेका उद्योगी सबै भन्दा बढी समस्या ग्रस्त रहेकोले मोरङ उद्योग व्यापार संघ र वीरगञ्ज उद्योग वाणिज्य संघ संयुक्त रूपमा समस्या समाधानका लागि सरकार समक्ष दबाब सृजना गर्ने विषयमा छलफल भएको थियो ।
मोरङ उद्योग व्यापार संघले निजी क्षेत्रको समस्या उठान गर्ने र त्यसलाई समाधान गराउन सरकार समक्ष गरिरहेको काम प्रति वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीले खुसी व्यक्त गरेका छन् ।