- ब्रह्मदेव यादव, विराटनगर ५४८ पटक हेरिएको
बिहिबार, माघ २२, २०८२ समय : १५:३७:५६ , ३ महिना अगाडि
देशमा बालेन्द्र साह (बालेन) को लहर चलेको छ । २०८२ फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको बेला देश बालेनमय बनेको छ । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्तन्त्र पार्टीका वरिष्ठ नेता बालेनको समर्थनमा जनता सडकमा उत्रिएका छन् ।
जेन्जी पुस्ताका युवा युवतीहरूको झुकाव बालेन प्रति देखिएको छ । युवा जमात मात्रै होइन सबै उमेर समूहका मतदाताहरू बालेको समर्थनमा खुल्न थालेका छन् । जसका कारण ठुला राजनीतिक दलका उम्मेदवारको होस हवास उडेको छ । झापा जिल्लाको निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन अगामी प्रधानमन्त्रीको प्रस्तावित उम्मेदवार पनि हुन् ।

देशलाई यहाँसम्म ल्याइ पुर्याउन ठुला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्यूनिष्ट पार्टी (तत्कालीन नेकपा माओवादी केन्द्र) जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ । र देशलाई सही दिसा तर्फ ल्याउन बालेनको आवश्यकता रहेको महसुस गर्दै देशभरिका जनता बालेनको समर्थनमा उभिएको छ ।
जनता बालेनको समर्थनमा उभिएकोले राजनीतिक दलका तनावमा रहेका नेताहरू बालेनका विरुद्ध गलत प्रचार गरिरहेका छन् । तर मतदाता बालेनको पक्षमा उभिएकोले राजनीतिक दलका उम्मेदवार मैदान खाली गर्न थालेका छन् ।

मोरङ ३ का कांग्रेस उम्मेदवार डा. सुनिल शर्मा बालेनको चुनावी लहर देखेर प्रचार प्रसार छोडेर १० दिनका लागि योग साधना गर्न काठमाडौँ पुगेका छन् । अन्य राजनीतिक दलका उम्मेदवार चुनावी कार्यतालिकामा हेरफेर गरेका छन् । र उम्मेदवारहरूले यस अघि सार्वजनिक गरेको कार्यतालिका छुट्याउँदै २/३ बिताएर १ दिन मात्रै चुनावी क्षेत्रमा चुनावी सभा आयोजना गर्न थालेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरेर सबै भन्दा ठुलो राजनीतिक दलको मान्यता पाउने र साना दललाई मिलाएर सरकार बनाउने तयारीका साथ चुनावी मैदानमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन साहलाई देश भरीका मतदाताहरूले भव्य स्वागत गरिरहेका छन् ।