प्रतिनिधि सभा निर्वाचनबारे जनता विभाजित छ– घिमिरे

  • ब्रह्मदेव यादव, विराटनगर ६२१  पटक हेरिएको

शुक्रबार, माघ २३, २०८२ समय : १६:२१:०२ , २ महिना अगाडि

नेपाली कांग्रेसका महामन्त्री एवं मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गुरुराज घिमिरेले प्रतिनिधि सभा निर्वाचनबारे जनता विभाजित रहेको धारणा व्यक्त गरेका छन् ।

२०८२ फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनबारे कांग्रेसको आधिकारिक धारणा राख्न बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री घिमिरेले प्रतिनिधि सभा निर्वाचनमा कुन पार्टीलाई मतदान गर्ने विषयबारे समाज र मतदाता विभाजित रहेको बताए ।

प्रतिनिधि सभा निर्वाचनबारे समाज विभाजित र मतदाता अन्योल ग्रस्त रहेको विषयलाई लिएर कांग्रेस गम्भीर भएको महामन्त्री घिमिरेले बताए । पत्रकार सम्मेलनमा घिमिरेले भने– प्रतिनिधि सभा निर्वाचनबारे मतदाता अन्योलमा छन् ।

समाज विभाजित छ । मतदाता कसलाई मत दिने की नदिने विषयमा निर्णयमा पुग्न सकिरहेको छैन । यस विषयमा कांग्रेस गम्भीर बनेको छ । र कांग्रेसका मतदाता एक ढिक्काका साथ उत्साहित छ । र कांग्रेसको उचाई माथि उठेको महामन्त्री घिमिरेले बताए ।

५० वर्षको युवा गगन थापालाई पार्टी सभापतिको जिम्मेवारी दिएर जेन्जी आन्दोलनको माँगलाई कांग्रेसले सम्बोधन गरेको महामन्त्री घिमिरेले बताए ।

पार्टीको तर्फबाट सभापति गगन थापा प्रधानमन्त्रीको आधिकारिक उम्मेदवार रहेको महामन्त्री घिमिरेले बताए । कांग्रेसमा प्रधानमन्त्री बन्ने जो कोहीलाई इच्छा जाग्न सक्छ ।

पछिल्लो समय डा. शेखर कोइरालाले प्रधानमन्त्रीमा दाबी गरेका छन् । तर डा. कोइराला कांग्रेसबाट प्रधानमन्त्रीको आधिकारी उम्मेदवार नरहेको महामन्त्री घिमिरेले बताए ।