- चिरफार डटकम, विराटनगर ३२९ पटक हेरिएको
आइतबार, माघ २५, २०८२ समय : १४:५९:१२ , १ हप्ता अगाडि
उद्योग संगठन मोरङ ५८ वर्षमा प्रवेश गरेको छ । उद्योग संगठन मोरङले सोमबार विराटनगरमा विशेष कार्यक्रम आयोजना गरेर ५८औं स्थापना दिवस मनाउन लागेको हो ।
विराटनगर महानगरपालिकाको वडा नं. २ स्थित उद्योग संगठन मोरङकै सचिवालयमा ५८औं स्थापना दिवस मनाउन लागेको अध्यक्ष नन्दकिशोर राठीले बताए ।
तीन तहकै सरकारका विशिष्ट पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी र सरोकारवालाको उपस्थितिमा ५८औं स्थापना दिवस मनाउन लागेको अध्यक्ष राठीले बताए ।
पछिल्लो समय उद्योग संगठन मोरङले उद्योगी व्यवसायीहरूको समस्यालाई जोडदार रूपमा उठान गरेर तीन तहकै सरकार मार्फत त्यसलाई समाधान गराउने कार्यमा लागि परेका छन् ।