- चिरफार डटकम, विराटनगर ४९९ पटक हेरिएको
सोमबार, माघ २६, २०८२ समय : १८:३२:४४ , ६ दिन अगाडि
उद्योग संगठन मोरङले सोमबार विशेष समारोहको आयोजना गरेर ५८औं स्थापना दिवस मनाएको छ । संगठनले ५८औं स्थापना दिवसको अवसरमा दुई महत्त्वपूर्ण उपलब्धिलाई सार्वजनिक गरेको छ । दुवै महत्त्वपूर्ण औद्योगिक उपलब्धि कार्यको अग्रजबाट उद्घाटन गराएका छन् ।

संगठनले सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा उत्पादन भइरहेको सामग्रीलाई संगठनमै सोकेस गरेर राखेका छन् । सोकेसमा राखिएको औद्योगिक सामग्रीको संगठनका अध्यक्ष सहित पूर्वअध्यक्षहरुले सामूहिक रूपमा उद्घाटन गरेका छन् ।

संगठनका अध्यक्ष नन्दकिशोर राठी, पूर्वअध्यक्षहरु सुयष प्याकुरेल, मुकेश उपाध्याय, शिवशंकर अग्रवाल, दिनेश गोल्छा, किशोर प्रधान र नन्दकिशोर राठीले सोकेसमा राखिएको औद्योगिक सामग्रीको उद्घाटन गरे ।

संगठनले विक्रेता र क्रेता बिच सिधै सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ विजनेश टु बिजनेश (बिटुबी) कार्यक्रमको शुभारम्भ गरेका छन् । संगठनका अध्यक्ष नन्दकिशोर राठी सहित पूर्वअध्यक्षहरुले बिटुबी कार्यक्रमको शुभारम्भ गरे ।

संगठनका अध्यक्ष नन्दकिशोर राठीको अध्यक्षतामा आयोजित ५८औं स्थापना दिवसको विशेष समारोहमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं संगठनका पूर्वअध्यक्ष किशोर प्रधान, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजाल, अबिनाश बोहरा, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष सुशिलकुमार जोशी दिपक पौडेल र गिरीजा सारडा, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, उपाध्यक्ष अनिल सारडा, महासचिव संजय श्रेष्ठ, सचिव अमित सारडा, मोरङ च्याम्बर अफ कमर्शका अध्यक्ष शिव रिजाल, विराट व्यापार संघका अध्यक्ष अंशु बंजरा, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला, विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठ, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीसहित उद्योगी व्यवसायीहरू कार्यक्रममा सहभागी रहेका थिए ।