विराटनगर भन्सार कार्यालयको राजश्व असुली १०२.९२ प्रतिशत

  • ब्रह्मदेव यादव, विराटनगर ३९०  पटक हेरिएको

शुक्रबार, फाल्गुण ०१, २०८२ समय : १५:४९:५७ , ३ दिन अगाडि

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को माघ महिनामा १०२.९२ प्रतिशतले राजश्व असुली गरेको छ ।

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२ / ०८३ को ७ महिनाको अवधिमा यो नै सबै भन्दा बढी राजश्व असुली प्रतिशत पनि हो ।

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले आर्थिक वर्ष २०८२ / ०८३ को माघ महिनामा कार्यालयले ३ अर्ब २३ करोड ६१ लाख रुपैयाँ राजश्व असुली गर्नुपर्ने लक्ष्य राखेकोमा ३ अर्ब ३३ करोड ५ लाख रुपैयाँ राजश्व असुली भएको बताए ।

कार्यालयले माघ महिनामा लक्ष्यको तुलनामा १० करोड रुपैयाँ बढी राजश्व असुली गरेको हो । कार्यालयले आर्थिक वर्ष २०८२ / ०८३ को ७ महिनाको लक्ष्यको तुलनामा ८१.७१ प्रतिशतले राजश्व असुली गरेको हो ।

प्रमुख भन्सार अधिकृत श्रेष्ठले अनलाइन  भ्यालुएसन प्रणालीलाई पूर्णरूपमा लागु गरिएको कारण राजश्व असुलीमा वृद्धि भएको बताए ।

विराटनगर भन्सार कार्यालयले भन्सार महशुल, कृषि सुधार शुल्क, अन्तःशुल्क, सडक सुधार दस्तुर, ग्रिन ट्याक्स (कोइला इन्धन) र मूल्य अभिवृद्धि कर शीर्षकमा राजश्व असुली गरिरहेका छन्