विराटनगरमा सामाजिक सुरक्षा कोषबारे वृहत् अन्तर्क्रिया कार्यक्रम

  • चिरफार डटकम, विराटनगर ६७६  पटक हेरिएको

शुक्रबार, फाल्गुण ०८, २०८२ समय : १८:४१:१८ , ७ महिना अगाडि

शुक्रबार विराटनगरमा सामाजिक सुरक्षा कोषबारे वृहत् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति विराटनगरले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सामाजिक सुरक्षा कोषसँग आबद्ध विज्ञहरूको सहभागिता रहेको थियो ।

नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवं परिसंघ कोशीका संस्थापक अध्यक्ष भीम घिमिरे, परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, उद्योग संगठन मोरङ अध्यक्ष नन्दकिशोर राठी, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, सामाजिक सुरक्षा कोषका केन्द्रीय कार्यकारी प्रमुख कृष्ण अधिकारी र कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका शम्भु साहले सामाजिक सुरक्षा कोषमा उल्लेख गरिएको ऐनलाई हुबहु लागु गर्न उद्योगी, व्यवसायीलाई सुझाव दिएका छन् ।

सामाजिक सुरक्षा कोष विराटनगर शाखाका प्रमुख दीपक भट्टले सामाजिक सुरक्षा कोष र श्रम ऐन बारे सरकारी ऐनमा उल्लेख गरिएको प्रावधान बारे अन्तर्क्रिया कार्यक्रममा सहभागीलाई जानकारी गराएका थिए ।

उद्योगी व्यवसायीले सामाजिक सुरक्षा कोषमा उल्लेख गरिएको प्रावधानलाई कार्यान्वयन नगर्दा त्यसबाट हुने दण्ड र जरिवानाका बारेमा भट्टले सर्वसाधारणलाई जानकारी गराएका थिए ।

अन्तर्क्रिया कार्यक्रममा सहभागी विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका नायब कार्यकारी अधिकृत एवं बाल रोग विशेषज्ञ प्रा.डा. विजय साहले नोबेल अस्पतालमा २ हजार ९ सयको हाराहारीमा चिकित्सक, नर्स र कर्मचारी कार्यरत रहेको र कार्यरत सबै कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका उपाध्यक्ष दीपक पौडेल, सुशिलकुमार जोशी, कोषाध्यक्ष साकेत राठी र महानिर्देशक बिजयहरी शर्माको सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित