- ब्रह्मदेव यादव, विराटनगर ६४६ पटक हेरिएको
सोमबार, फाल्गुण ११, २०८२ समय : १५:२०:५३ , २ महिना अगाडि
जनता समाजवादी पार्टी नेपालले मोरङ जिल्लाको निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजकुमार यादवलाई अत्याधिक मतका साथ विजयी गराउन आह्वान गरेको छ ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं कोशी प्रदेशका पूर्वमन्त्री जयराम यादवले लगातार ३ पटक पराजित भएर आर्थिक अवस्था कमजोर भए पनि जनताको सेवामा निरन्तर काम गरिरहेका मोरङ ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकुमार यादवलाई अत्याधिक मतका साथ विजयी गराउन आवहन गरेका हुन् ।
पहिलो संविधान सभाको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालले मोरङ क्षेत्र नं. ४ र ५ बाट सानदार जित निकालेका थिए । त्यसपछि मोरङ ४ र ५ लाई मिलाएर एउटै निर्वाचन क्षेत्र मोरङ ५ बनाइएको छ । जुन निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालले राजकुमार यादवलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।
राजकुमार यादवले मोरङ ५ बाट २०७४ मा १८ हजार ६ सय ४९ र २०७९ मा १७ हजार ३ सय ४० मत प्राप्त गरेर झिनो मतको अन्तरले पराजित भएका थिए । मधेस विद्रोहको क्रममा मोरङबाट सबै भन्दा बढी सहिद भएका थिए । र सहिद भएका सबै ९ जना मोरङ ५ कै मतदाता रहेका थिए ।
सहिदभूमी मोरङ ५ बाट विगतमा नेपाली कम्यूनिष्ट पार्टी (तत्कालीन नेकपा माओवादी केन्द्र) का शिवकुमार मण्डल चुनाव जितेर मन्त्री हुँदा पनि विकासमा पछाडि परेको क्षेत्रलाई अगाडी बढाउनु पर्ने अवस्था छ । त्यसका लागि मधेस विद्रोहबाट राजनीतिकमा आएका राजकुमार यादवलाई विजयी गराउन मतदातालाई जनता समाजवादी पार्टी नेपालले आह्वान गरेका छन् ।
पहिलो संविधानसभामा मोरङ ५ बाट जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले सानदार जित निकालेका थिए । र त्यसपछिको उपनिर्वाचनमा जयराम यादवले सोही क्षेत्रबाट विजयी हासिल गरेका थिए । कोशी प्रदेश सभामा जयराम यादव मोरङ ५ को “ख” प्रदेश सभाबाट विजयी भएका थिए ।
मोरङ ५ मा जयराम यादवले शिक्षा, स्वास्थ्य तथा सडक पूर्वाधारको क्षेत्रमा महत्त्वपूर्ण काम गरेका थिए । जयराम यादव कोशी प्रदेश सरकारमा स्वास्थ्य मन्त्री भएको बेला मोरङ ५ मा रहेको दर्जनौँ विद्यालयको स्तर उन्नति भएका थिए । जुन विकास निर्माण कामको चौतफी प्रशंसा भइरहेका छन् । र यस पटक राजकुमार यादव विजयी हुने आधारपनि निर्माण भइरहेको छ ।
मोरङ ५ मा विगत र वर्तमानमा स्थानीय तहदेखि वडासम्म जित हासिल गरेका जनता समाजवादी पार्टी नेपालको बलियो सांगठनी अवस्था छ । मोरङ ५ मा जनता समाजवादी पार्टी नेपालको चुनावी अभियान निरन्तर जारी छ । मोरङ ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकुमार यादवलाई पार्टीका केन्द्रीय नेता एवं कोशी प्रदेशका पूर्वमन्त्री जयराम यादवले साथ दिइ रहेका छन् ।
मधेसी जनतालाई हक, अधिकार, पहिचान, मान र सम्मान सबै दिलाउने काम जनता समाजवादी पार्टी नेपालले नै गरेकोले यस पटक मोरङ ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकुमार यादवलाई जिताउनै पर्ने आवाज उठेको छ । अबकी बार राजकुमार जस्ता नारा मोरङ ५ को चुनावी क्षेत्रमा बुलन्द भइरहेका छन् ।