मोरङ ५ कांग्रेसमय 

  • ब्रह्ममदेव यादव, विराटनगर ९१९  पटक हेरिएको

मंगलबार, फाल्गुण १२, २०८२ समय : १५:२०:१४ , २ महिना अगाडि

मोरङ जिल्लाको निर्वाचन क्षेत्र नं. ५ कांग्रेसमय बनेको छ । नेपाली कांग्रेसले मोरङ ५ बाट मारवाडी समुदायका फुलकुमार लालवानीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

लायन्स, लियो र जेसीजको राष्ट्रिय अध्यक्ष भइसकेका कांग्रेस नेता लालवानी सामाजिक अभियानताको रूपमा परिचित नाम हो ।

१ लाख १० हजार मतदाता रहेको मोरङ ५ मधेसी बाहुल्य निर्वाचन क्षेत्र हो । भारतसँग सिमाना जोडिएको मोरङ ५ मा ९० प्रतिशतभन्दा बढी मधेसी मतदाता रहेका छन् ।

४८ वर्षसम्म पार्टीमा सक्रिय राजनीतिक गरेका लालवानीलाई कांग्रेसले मोरङ ५ बाट सानदार जित निकाल्ने उद्देश्यका साथ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सांसद अमृत अर्याल लालवानीको चुनावी प्रचार–प्रसारमा सक्रिय रहेका छन् ।

दोस्रो संविधान सभाको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवलाई पराजित गरेर अर्याल मोरङ ५ बाट विजयी भएका थिए ।

त्यसपछि मोरङ ५ को “ख” प्रदेश सभाबाट निर्वाचित कांग्रेस नेता अर्याल मोरङ ५ का लोकप्रिय एवं विकास प्रेमी नेताको रूपमा चिनिन्छ । लालवानीलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराउने जिम्मेवारी अर्यालको काँधमा छ ।

लालवानीलाई जिताउन कांग्रेसका सबै नेता एक ढिक्का भएर चुनावी अभियानमा होमिएका छन् । कांग्रेसका केन्द्रदेखि प्रदेश र जिल्ला स्तरीय नेताहरूको चुनावी प्रचार–प्रसारले मोरङ ५ कांग्रेसमय बनेको छ । र लालवानी जितको नजिक पुगेको कांग्रेसले निष्कर्ष निकालेको छ ।