१५ दिनमा १ अर्ब ६६ करोड रुपैयाँ राजश्व असुली

  • चिरफार डटकम, विराटनगर १६०  पटक हेरिएको

आइतबार, फाल्गुण १७, २०८२ समय : १३:२९:१६ , २ दिन अगाडि

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को फागुन महिनाको १५ दिनमा १ अर्ब ६६ करोड रुपैयाँ राजश्व असुली गरेका छन् ।

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८२/०८३ को फागुन महिनामा ३ अर्ब १८ करोड रुपैयाँ राजश्व असुली गर्नुपर्ने लक्ष्य राखेकोमा फागुन १५ गतेसम्ममा १ अर्ब ६६ करोड रुपैयाँ राजश्व असुली भएको बताए ।

जुन लक्ष्यको तुलनामा ५२ प्रतिशतले राजश्व असुली भएको प्रमुख भन्सार अधिकृत श्रेष्ठले बताए ।

विराटनगर भन्सार कार्यालयले भन्सार महशुल कृषि सुधार शुल्क, अन्तःशुल्क, सडक सुधार दस्तुर, औद्योगिक कच्चा पदार्थ कोइला र इन्धन (ग्रिन ट्याक्स) शीर्षकमा राजश्व असुली गर्ने अख्तियारी प्राप्त सरकारी निकाय हो ।