मोरङ–५ मा कांग्रेसको सकियो घरदैलो कार्यक्रम

  • ब्रह्मदेव यादव, विराटनगर २२०  पटक हेरिएको

आइतबार, फाल्गुण १७, २०८२ समय : १३:३४:३६ , २ दिन अगाडि

नेपाली कांग्रेसले मोरङ क्षेत्र नं. ५ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार फुलकुमार लालवानीले आइतबार विराटनगर महानगरपालिकाको वडा नं. १६ मा अन्तिम घरदैलो कार्यक्रम आयोजना गरेका छन् ।

कांग्रेस उम्मेदवार लालवानीले मोरङ क्षेत्र नं. ५ मा रहेको २४ वटै वडामा घरदैलो कार्यक्रम आयोजना गरेका थिए । आइतबार सबै वडाका मतदाता समक्ष पुग्न सफल भएको कांग्रेस उम्मेदवार लालवानीले बताए ।

कांग्रेस उम्मेदवार लालवानीको प्रचार–प्रसारदेखि घरदैलो कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य एवं कोशी प्रदेश सांसद अमृत अर्याल सहभागी भएकोले मतदाता उत्साहित छन् ।

घरदैलो कार्यक्रम सम्पन्नपछि चिरफार डटकमसँग कुरा गर्दै कांग्रेस उम्मेदवार लालवानीले भनेः कांग्रेसप्रति मतदाताको रेसपोन्स राम्रो छ । र मोरङ ५ मा कांग्रेसले सहज तरिकाले जित निकाल्नेमा आफु विस्वस्त रहेको बताए ।

घरदैलो कार्यक्रम सकिए पनि मतदातासँग प्रत्यक्ष भेटघाट जारी रहेको लालवानी बताए ।

मोरङ ५ मा नेकपा एमालेका मनोज अग्रवाल, नेपाली कम्यूनिष्ट पार्टीका शिवकुमार मण्डल, जनता समाजवादी पार्टी नेपालका राजकुमार यादव, राष्ट्रिय ऊर्जाशील पार्टी नेपालका अध्यक्ष योगेन्द्र मण्डल, राष्ट्रिय स्वतन्त्र पार्टीका आशा झासँग कांग्रेस उम्मेदवार लालवानीको प्रतिस्पर्धा छ ।

मोरङ ५ मा १ लाख १० हजार मतदाता रहेका छन् । मधेसी बाहुल्य निर्वाचन क्षेत्रमा कांग्रेसले मारवाडी समुदायका लालवानीलाई उम्मेदवार बनाएको छ ।

लालवानीको उम्मेदवारीले मोरङ ५ का मतदाता उत्साहित छ । र उत्साहलाई जितमा परिणत गराउन कांग्रेसका नेता तथा कार्यकर्ता जोडतोडका साथ लागिपरेका छन् ।