भण्डारीलाई झिलकुमारी लुइँटेल पत्रकारिता पुरस्कार

  • चिरफार डटकम, विराटनगर १७६  पटक हेरिएको

आइतबार, फाल्गुण १७, २०८२ समय : १७:०५:०२ , २ दिन अगाडि

विराटनगरका पत्रकार विनोद भण्डारी झिलकुमारी लुइँटेल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

भण्डारी लामो समयसम्म कान्तिपुर दैनिकमा विराटनगर समाचारदाताको रूपमा काम गरेका सिनियर पत्रकार हुन् । यतिखेर भण्डारी अनलाइन मिडियामा आबद्ध रहेका छन् ।

नारदमुनि–पवित्रादेवी लुइँटेल स्मृति कोषले आइतबार मोरङको झोराहाटमा आयोजना गरेको विशेष समारोहमा भण्डारीलाई ११ हजार १ सय ११ रुपैयाँ राशिको झिलकुमारी लुइँटेल पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सिनियर नेता एवं पूर्वमन्त्री महेश आचार्य र नारदमुनि–पवित्रादेवी लुइँटेल स्मृति कोषका अध्यक्ष एवं सिनियर पत्रकार शंकर लुइँटेलले भण्डारीलाई नगद सहित प्रशंसा–पत्र प्रदान गरेका थिए ।