३ दिन जोगबनी नाका र २ दिन विराटनगर भन्सार कार्यालय बन्द

  • ब्रह्मदेव यादव, विराटनगर १७५  पटक हेरिएको

सोमबार, फाल्गुण १८, २०८२ समय : १३:१३:१८ , १६ घन्टा अगाडि

फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि सोमबारदेखि ३ दिनका लागि जोगबनी नाका बन्द हुने भएको छ ।

फागुन १८ गते सोमबार राती १२ बजेदेखि फागुन २१ गते बिहीबार राती १२ बजेसम्मका लागि जोगबनी नाका बन्द रहने मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।

२१ गते बिहीबार प्रतिनिधिसभा सदस्य पदको निर्वाचन सम्पन्न नभएसम्म भारतसँग सिमाना जोडिएको जोगबनी नाका पूर्ण रुपमा बन्द रहने भएकोले निर्वाचनको मौन अवधिमा दुवै देशका नागरिकलाई आवतजावतमा रोक लगाउन लागिएको प्रजिअ कट्टेलले बताए ।

निर्वाचनको बेला २ दिनका लागि विराटनगर भन्सार कार्यालय पूर्ण रुपमा बन्द रहने भएको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार फागुन १९ र २१ गते गरी २ दिन कार्यालय पूर्ण रुपमा बन्द रहने बताए ।

१९ गते तराई–मधेसमा होली पर्व र २१ गते प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको दिन भन्सार कार्यालय पूर्ण रुपमा बन्द रहने प्रमुख भन्सार अधिकृत श्रेष्ठले बताए ।