लालवानी उत्साहित

  • चिरफार डटकम, विराटनगर १६३  पटक हेरिएको

सोमबार, फाल्गुण १८, २०८२ समय : १६:५३:४१ , १२ घन्टा अगाडि

नेपाली कांग्रेसबाट मोरङ जिल्लाको निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार फुलकुमार लालवानी घरदैलो कार्यक्रम सकेर मतदातासँग प्रत्यक्ष भेटघाटमा सक्रिय रहेका छन् ।

उम्मेदवार लालवानीसंगै कांग्रेस केन्द्रिय सदस्य एवं कोशी प्रदेश सांसद अमृत अर्याल मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् ।

विराटनगर महानगरपालिकाको (१३ देखि १८) ६ वटा वडा, जहदा गाउँपालिकाको पुरै ७ वटा वडा, धनपालथान गाउँपालिकाको पुरै ७ वटा वडा र रंगेली नगरपालिकाको ४, ५, ६ र ७ गरी ४ वटा वडाका जनता मोरङ ५ का मतदाता रहेका छन् ।

१ लाख १० हजार मतदाता रहेको मोरङ ५ मा २४ वटा वडा रहेका छन् । कांग्रेस उम्मेदवार लालवानीले २४ वटै वडामा पहिलो चरणमा प्रचार–प्रसार र दोस्रो चरणमा सफलतापूर्वक घरदैलो कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

मौन अवधि सुरु हुनु भन्दा अगाडी लालवानी मोरङ ५ का मतदातासँग प्रत्यक्ष भेटघाटमा सक्रिय रहेका छन् । प्रचार–प्रसार, घरदैलो कार्यक्रम र मतदातासँग प्रत्यक्ष भेटघाट पछि उम्मेदवार लालवानी उत्साहित छन् ।

सोमबार चिरफार डटकमसँग कुरा गर्दै लालवानी भनेः कांग्रेस एकढिक्काका साथ चुनावी अभियानमा होमिएको छ । मोरङ ५ मा प्रचार–प्रसार, घरदैलो कार्यक्रम र मतदातासँग प्रत्यक्ष भेटघाट गर्दा रेसपोन्स राम्रो आएको छ । र आफू जितको नजिक रहेको लालवानीले दाबी गरेका छन् ।