मोरङ–५ मा ७१.२८ प्रतिशत मतदान

  • ब्रह्ममदेव यादव, विराटनगर २४२  पटक हेरिएको

बिहिबार, फाल्गुण २१, २०८२ समय : २१:१३:१९ , १२ घन्टा अगाडि

मोरङ जिल्लाको निर्वाचन क्षेत्र नं. ५ मा ७१.२८ प्रतिशत मतदान भएको छ । मोरङ जिल्लामा ६ वटा निर्वाचन क्षेत्र रहेका छन् ।

प्रतिनिधिसभा सदस्य पदका लागि बिहीबार भएको निर्वाचनमा सबै भन्दा बढी मोरङ ५ मा ७१.२८ प्रतिशत मतदान भएको हो ।

भारतसँग सिमाना जोडिएको मोरङ ५ मधेसी बाहुल्य निर्वाचन क्षेत्र हो । जुन निर्वाचन क्षेत्रमा ९० प्रतिशतभन्दा बढी मधेसी मतदाता रहेका छन् ।

मोरङ ५ मा १ लाख १० हजार मतदाता रहेका छन् । जसमध्ये ७८ हजार ५ सय २९ जना मतदाताले मतदान गरेका छन् । समग्रमा मोरङ जिल्लामा ६५ प्रतिशत मतदान भएको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी गराए ।

मोरङ जिल्लामा ७८ लाख ३० हजार मतदाता रहेका छन् । जसमध्ये ५० लाख ५५ हजार मतदाताले मतदान गरेका छन् ।

मोरङ १ मा ६०.३६ प्रतिशत, मोरङ २ मा ६२.९७ प्रतिशत, मोरङ ३ मा ६१.१७ प्रतिशत, मोरङ ४ मा ६७.१५ प्रतिशत, मोरङ ५ मा ७१.२८ प्रतिशत र मोरङ ६ मा ६६.२३ प्रतिशत मतदान भएको प्रमुख जिल्ला अधिकारी कट्टेलले बताए ।