- चिरफार डटकम, विराटनगर ४४९ पटक हेरिएको
बिहिबार, फाल्गुण २८, २०८२ समय : १८:१५:४४ , २ महिना अगाडि
स्व. इन्दुदेवी नौलखाले नेपाली कांग्रेसलाई दिएको सहयोग र लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका बारे काठमाडौँमा चर्चा भएको छ । स्वतन्त्र सेनानी स्व. भीमराज नौलखाका श्रीमती “आइरन लेडी” इन्दुदेवी नौलखाले नेपाली कांग्रेसमा पुर्याएको योगदान र सहयोग बारे काठमाडौँमा खुलेर चर्चा भएको छ ।
स्व. नौलखाको सम्झनामा बुधबार काठमाडौँमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा सहभागी वक्ताहरूले स्व. नौलखाले कांग्रेसमा पुर्याएको योगदान र सहयोग बारे चर्चा भएको हो । स्व. इन्दुदेवी नौलखाले विवाहमा माइती पक्षबाट उपहारमा पाएको १ सय तोला सुनको गहना नेपाली कांग्रेसलाई सहयोग गरेका थिए ।
स्व. इन्दुदेवी नौलखाका श्रीमान् स्वतन्त्र सेनानी स्व. भीमराज नौलखा नेपाली कांग्रेसद्वारा २००७ सालमा गठन गरेको मुक्ति सेनाका संस्थापक सदस्य रहेका थिए । नेपाली कांग्रेस २००७ सालको क्रान्तिमा होमिदा स्वतन्त्र सेनानी भीमराज नौलखा पनि हतियार बोकेर आन्दोलनमा होमिएका थिए ।
कांग्रेस आन्दोलनमा होमिदा आर्थिक संकटबाट गुज्रिरहेको बेला स्व. इन्दुदेवी नौलखाले माइती पक्षबाट उपहारमा पाएको १ सय तोला सुनको गहना कांग्रेसलाई सहयोग गरेका थिए । स्व. इन्दुदेवी नौलखाको फागुन २६ गते मंगलबार काठमाडौँमा निधन भएको थियो । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले स्व. नौलखालाई पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।
बुधबार स्व. नौलखाको सम्झनामा आयोजना गरिएको श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका सहमहामन्त्री डा. डिला संग्रौला र कांग्रेस नेता फुलकुमार लालवानीले स्व. नौलखा परिवारले कांग्रेसमा पुर्याएको सहयोग र लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
श्रद्धाञ्जली सभामा नेपाल राष्ट्रिय मारवाडी परिषद्का महासचिव चर्तुभुज सरिया, मारवाडी सेवा समिति नेपालका अध्यक्ष प्रमोदकुमार अग्रवाल, नेपाल जैन परिषद्का अध्यक्ष सुशिल जैन, श्री जैन स्वेताम्बर तेरापंथी सभा काठमाडौँका उपाध्यक्ष रमेश लुनियाँ, नेपाल स्तरिय तेरापंथी सभाका अध्यक्ष दिनेशकुमार नौलखा, अणुब्रत समिति काठमाडौँका उपाध्यक्ष प्रताप सिंह तातैड, तेरापंथ युवक परिषद् काठमाडौँका अध्यक्ष निश्चल लालवानीले स्व. नौलखाले नेपाली कांग्रेस, मारवाडी समाज र देशको लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका बिर्सिन नसक्ने बताए ।
स्व. इन्दुदेवी नौलखाका बुहारी तथा तेरापंथ महिला मण्डल विराटनगरका अध्यक्ष मिलन नौलखाले स्व. इन्दुदेवी नौलखाको जीवनी र इतिहास बारे चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।