विराटनगर भन्सार कार्यालयको राजश्व असुली ९६.०७ प्रतिशत

  • चिरफार डटकम, विराटनगर १४३  पटक हेरिएको

बुधबार, चैत्र ०४, २०८२ समय : १४:४३:३७ , २ घन्टा अगाडि

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को फागुन महिनामा ९६.०७ प्रतिशतले राजश्व असुली गरेको छ ।

अमेरिका–इजरायल र इरान बिच जारी युद्धको कारण विश्वको आर्थिक क्षेत्र सिथिल बनेको अवस्थामा विराटनगर भन्सार कार्यालयले फागुन महिनामा लक्ष्य भेटाउने गरी राजश्व असुली गरेको हो ।

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले फागुन महिनामा ३ अर्ब १८ करोड रुपैयाँ राजश्व असुली गनुपर्ने लक्ष्य राखेकोमा ३ अर्ब ६ करोड रुपैयाँ राजश्व असुली भएको बताए ।

जुन लक्ष्यको तुलनामा ९६.०७ प्रतिशतले राजश्व असुली भएको हो । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को माघ महिनामा १०२.९४ प्रतिशतले राजश्व असुली गरेको थियो ।