- चिरफार डटकम, विराटनगर २४९ पटक हेरिएको
आइतबार, चैत्र ०८, २०८२ समय : १२:४३:५० , १८ घन्टा अगाडि
विराटनगरका वरिष्ठ समाजसेवी दिनबन्धु गोयललाई कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिएको छ ।
नयन मिडिया फाउन्डेसनले शनिबार सुनसरीको इटहरीमा आयोजना गरेको कोशी एक्सिलेन्स अवार्ड वितरण कार्यक्रममा सामाजिक विद्या तर्फको कोशी एक्सिलेन्स अवार्ड वरिष्ठ समाजसेवी गोयललाई प्रदान गरिएको छ ।
वि.सं. २००५ सालमा झापा जिल्लाको भद्रपुरमा जन्मिएका वरिष्ठ समाजसेवी गोयल परोपकार, मानवता, दैवीप्रकोप र सामाजिक सेवाको क्षेत्रमा समर्पित व्यक्तित्वका रूपमा परिचित छन् ।
विराटनगर महानगरपालिकाको वडा नं. ११ बस पार्कस्थित वरिष्ठ समाजसेवी गोयलको निवासमा सहयोग माग्न आउने हरेक क्षेत्र तह र तप्काका व्यक्तिहरू आजसम्म खाली हात फर्किएका छैनन् ।
वरिष्ठ समाजसेवी गोयलले आफ्ना स्व. दाजु ओमप्रकाश गोयलको नामबाट विभिन्न विद्यालयमा स्थापना गरेको छात्रवृत्ति कोषबाट विद्यार्थीहरू छात्रवृत्ति रकम पाइरहेका छन् ।
तिनै वरिष्ठ समाजसेवी गोयललाई सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नयन मिडिया फाउन्डेसनका अध्यक्ष पत्रकार पवन अधिकारीले कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिएको हो ।
वरिष्ठ समाजसेवी गोयल यस अघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेका छन् ।