विराटनगर सफायर राउण्ड टेबलले मोरङको जहदामा निर्माण गर्‍यो ३ कोठे विद्यालय भवन

  • चिरफार डटकम, विराटनगर ३११  पटक हेरिएको

सोमबार, चैत्र ०९, २०८२ समय : १५:४१:४६ , १ दिन अगाडि

राउण्ड टेबल नेपाल अन्तर्गतको विराटनगर सफायर राउण्ड टेबल १८ ले मोरङ जिल्लाको जहदा गाउँपालिकामा ३ कोठे विद्यालय भवन निर्माण गरेको छ ।

विराटनगर सफयर राउण्ड टेलबका अध्यक्ष श्रीधर काबराको पहलमा क्लबका पदाधिकारीहरूले १९ लाख रुपैयाँ खर्चेर जहदा गाउँपालिकामा रहेको श्रीराम जानकी आधारभूत विद्यालयमा ३ कोठे विद्यालय भवन निर्माण गरिदिएको हो ।

विराटनगर सफायर राउण्ड टेबलका अध्यक्ष श्रीधर काबराले ७५ देखि १ सय जना विद्यार्थी अध्ययन गर्ने गरी ३ कोठे भवन निर्माण गरिएको बताए ।

जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र साहको आतिथ्यतामा आयोजित समारोहमा विराटनगर सफायर राउण्ड टेबल १८ ले निर्माण गरेको ३ कोठे विद्यालय भवन विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई हस्तान्तरण गरिएको छ ।

राउण्ड टेबल नेपालका अध्यक्ष सुमित मित्तल, उपाध्यक्ष साकेत मुरारका र विराटनगर सफायर राउण्ड टेबल १८ का अध्यक्ष श्रीधर काबराले विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई नवनिर्मित भवन हस्तान्तरण गरेको हो ।

भवन हस्तान्तरण समारोहमा टेबलर अजयकुमार राठी, विवेक राठी, विरेन्द्र राठी, विशाल अग्रवाल, गौरव दुगड, सौरभ राठी, रजत तोदी, मनिष खेतान, मनोज धनावत, नविन झुनझुनवाला, पंकज अग्रवाल, राजिव काबरा, रोहित धनावत, शरद काबरा, गौरभ सारडाको उपस्थिति रहेको थियो ।

विराटनगर सफायर राउण्ड टेबल १८ ले निर्माण गरेको भवन हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक सहित समाजका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।