- चिरफार डटकम, विराटनगर ३९८ पटक हेरिएको
बिहिबार, चैत्र १२, २०८२ समय : १७:५६:१२ , २ महिना अगाडि
विराटनगरका युवा उद्यमी सुयश प्याकुरेलले नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.सी.सी.आई.) को केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ६०औं साधारण सभा चैत २९ र ३० गते काठमाडौँमा हुन गइरहेको छ । निजी क्षेत्रको शक्तिशाली संस्था उद्योग संगठन मोरङका पूर्वअध्यक्ष प्याकुरेलले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्दै उद्योगी व्यवसायी संघ निरन्तर छलफल एवं संवाद गरिरहेका छन् ।
विराटनगरमा प्लाष्टिक उद्योग संचालन गरिरहेका प्याकुरेल कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकारको जिम्मेवारी पुरा गरी सकेका छन् ।
युवा उद्यमी प्याकुरेल औद्योगिक समस्या उठान गर्ने र त्यसलाई समाधान गराउने उद्योगीको रूपमा परिचित व्यक्ति हो ।
नयाँ सरकार सँग छलफल र संवाद मार्फत उद्योगी क्षेत्रको समस्या समाधान गराउनका लागि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा आफ्नो उम्मेदवारी रहेको प्याकुरेलले बताए ।