घर निर्माणमा बास्तुशास्त्र र डिजाइनको के महत्त्व हुन्छ ?

  • ब्रह्ममदेव यादव, विराटनगर ५६०  पटक हेरिएको

शनिबार, चैत्र १४, २०८२ समय : १५:३०:३० , २ महिना अगाडि

घर निर्माण गर्दा बस्तुशास्त्र र डिजाइनको महत्वबारे शनिबार विराटनगरमा सार्वजनिक मञ्चबाट खुल्ला बहस तथा संवाद भएको छ ।

उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको घर निर्माण प्रदर्शनीको थिमेटिक सेसनमा घर निर्माण गर्दा बास्तुशास्त्र र डिजाइनको महत्वबारे विराटनगरवासीलाई जानकारी गराइएको छ ।

उद्योग संगठन मोरङले पहिलो पटक कोशी प्रदेशको राजधानी विराटनगरमा घर निर्माण प्रदर्शनीको आयोजना गरेको छ । विराटनगरस्थित जैन भवनको प्राङ्गणमा घर निर्माण प्रदर्शनी सञ्चालन भइरहेको छ ।

जुन प्रदर्शनी स्थलमा घर निर्माण सम्बन्धी सामग्री उत्पादन गर्ने ७५ वटा उद्योग तथा व्यापारी फर्मको स्टल रहेको छ । जुन प्रदर्शनीको अवलोकन गर्न उपभोक्तालाई कुनै किसिमको शुल्क लाग्दैन ।

बिहान १० देखि बेलुका ७ बजेसम्म प्रदर्शनीको अवलोकन गरेर उपभोक्ताले घर निर्माण सम्बन्धी सम्पूर्ण जानकारी एउटै थलोबाट प्राप्त गर्न सक्छन् ।

उद्योग संगठन मोरङले घर निर्माण प्रदर्शनीमा घर निर्माणका लागि चाहिने आवश्यक सामग्री बारे थिमेटिक सेसनमार्फत उपभोक्तालाई विस्तृत रूपमा जानकारी गराइ रहेका छन् ।

शनिबारको थिमेटिक सेसनमा बास्तुशास्त्र विज्ञ रोज धाडेवाले घर निर्माणमा बास्तुशास्त्रको महत्वबारे विस्तृत रूपमा जानकारी गराए ।

इन्टेरियर डिजाइनर कृति श्रेष्ठ उपाध्यायले घर निर्माणमा डिजाइनको महत्वबारे जानकारी गराए । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, संगठनका उपाध्यक्ष एवं घर निर्माण प्रदर्शनीका संयोजक सुरेन्द्र गोल्छा, संगठनका महानिर्देशक चुडामणी भट्टराई र संगठनका कार्यसमितिका सदस्यहरु थिमेटिक सेसनमा सहभागि थिए ।