- चिरफार डटकम, विराटनगर ५२७ पटक हेरिएको
शुक्रबार, चैत्र २०, २०८२ समय : १६:४३:०७ , १९ घन्टा अगाडि
विराटनगरका युवा व्यवसायी प्रमोद जिन्दल सर्वसम्मत रूपमा विराट व्यापार संघ विराटनगरको अध्यक्ष पदको जिम्मेवारी सम्हालिन लागेको छ ।
विराट व्यापार संघमा दुई कार्यकालदेखि वरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी सम्हालिरहेका जिन्दल सर्वसम्मत रूपमा अध्यक्ष पदको जिम्मेवारी सम्हालिन लागेको हो ।
विराट व्यापार संघका अध्यक्ष अंशु बंजराले संघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष निर्वाचित हुने व्यवस्था अनुरूप जिन्दल सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित हुन लागेको बताए ।
२०८३ वैशाख १८ गते विराट व्यापार संघको साधारण सभाबाट जिन्दलले अध्यक्ष पदको जिम्मेवारी सम्हालिने टुङ्गो लागेको अध्यक्ष बंजराले बताए । जिन्दल विराटनगरमा जिन्दल हार्डवेयर एण्ड मार्बल्स तथा टायल्स सम्बन्धी सामग्रीका अधिकृत विक्रेता हुन् ।
विराटनगरका युवा माझ लोकप्रिय छवि बनाएका जिन्दलको कार्यकालमा विराट व्यापार संघले अझै उचाइ प्राप्त गर्ने अपेक्षा सहित विराट व्यापार संघले सर्वसम्मत रूपमा अध्यक्ष पदको जिम्मेवारी प्रदान गर्न लागिएको हो ।
जिन्दल १० वर्षभन्दा बढी समयदेखि विराट व्यापार संघमा आवद्ध रहेका छन् ।