“महिला सबै पुरुषका श्रीमती होइनन्”

  • चिरफार डटकम, विराटनगर ३६४  पटक हेरिएको

बुधबार, फाल्गुण १७, २०७९ समय : १७:३०:४१ , २ वर्ष अगाडि

प्रदेश नं. १ सरकारका स्वास्थ्य मन्त्री निर्मला तावालिम्बुले महिलाहरु सबै पुरुषको श्रीमती हुन नसक्ने भएकोले नामको अगाडी श्रीमती शब्द उच्चारण नगर्न सल्लाह दिएकी छिन् ।

माहेश्वरी महिला मञ्च विराटनगरले बुधबार मोरङको कटहरी गाउँपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा आयोजकले मन्त्री लिम्बुलाई नामको अगाडी श्रीमती शब्द भनेर मञ्चमा आमन्त्रण गरेपछि त्यसको प्रतिकार गर्दै मन्त्री लिम्बुले महिलालाई नामको अगाडी श्रीमती शब्द उच्चारण नगर्न आयोजकलाई सुझाव दिएकी छिन् ।

 

एक जना महिला, एक जना पुरुषको श्रीमती हुन सक्छ । र सार्वजनिक समारोहमा कार्यक्रमका आयोजकले हजारौं जनाको बिचमा महिलालाई नामको अगाडी श्रीमती शब्द भनेर उच्चारण गर्दा महिलाको मानमर्दन भइरहेको मन्त्री लिम्बुले बताइन ।

एक जना महिला एक जना पुरुषको श्रीमती हुन् । एक जना महिला सबै पुरुषको श्रीमती हुन सक्दैन । र एक जना महिलालाई सबैको श्रीमती बनाउन मिल्दैन । यसमा सुधारको आवश्यकता रहेकोले महिलालाई नामले मात्रै उच्चारण गर्न मन्त्री लिम्बुले आयोजकलाई सुझाव दिईन् ।