- चिरफार डटकम, विराटनगर ७८५ पटक हेरिएको
आइतबार, चैत्र २९, २०८२ समय : १२:५१:२७ , २ महिना अगाडि
विराटनगर हार्डवेयर संघको अध्यक्षमा भानुभक्त पौडेल निर्वाचित भएका छन् । शनिवार विराटनगरमा सम्पन्न संघको ५औं साधारण सभाले पौडेललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
संघको ५औं साधारण सभाबाट प्रथम उपाध्यक्षमा कमल अग्रवाल, द्वितीय उपाध्यक्षमा देवी प्रसाद पोखरेल, महासचिवमा जितेश कोइराला, सचिवमा भरत खेतान र कोषाध्यक्षमा अनन्त निरौलालाई निर्वाचित भएका छन् ।

संघको कार्यसमिति सदस्यमा मणिराज प्रसाईँ, गोविन्द अग्रवाल, अमित सिंघल, लक्ष्मीप्रसाद बराल, राजु श्रेष्ठ, ज्ञानेन्द्रप्रसाद भट्टराई, मुकुल दाहाल, जीवन खड्का र राकेश अग्रवाल निर्वाचित भएको छन् ।
यस अघि संघमा प्रमोदकुमार अग्रवाल (जिन्दल) अध्यक्ष रहेका थिए । संघको कार्यकाल २ वर्षको रहने छ । नवनिर्वाचित अध्यक्ष पौडेलले हार्डवेयर व्यवसायीको हकहित र अधिकारका लागि लडिरहेने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उद्योगी एवं समाजसेवी ताराचन्द खेतानले विराटनगर हार्डवेयर संघको ५औं साधारण सभाको प्रमुख अतिथि रहेका थिए ।