- चिरफार डटकम, विराटनगर ४७० पटक हेरिएको
बुधबार, फाल्गुण १७, २०७९ समय : १७:३४:५१ , २ वर्ष अगाडि
पुनम राठी अध्यक्ष रहेको माहेश्वरी महिला मञ्च विराटनगरले बुधबार कटहरी गाउँपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५५० भन्दा बढिले स्वास्थ्य परिक्षण गराएका छन् ।
कटहरी गाउँपालिकाको वडा नं. १ स्थित महेसपुरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती रोग, जनरल फिजिसियन, छाता तथा चर्म रोग, नाक कान घाटी रोग, सुगर, प्रेसर रोगको सर्वसाधारणले स्वास्थ्य उपचार गराएका थिए ।
विराट नर्सिङ होमका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. मोनाप्रिया दर्शनी, नाक कान घाटी रोग विशेषज्ञ डा. राजिवकुमार साह, छाला तथा चर्म रोग विशेषज्ञ डा. दिलिप चौधरी, मेडिसिन विशेषज्ञ डा. रजनिश झाले स्वास्थ्य शिविरमा उपचार सेवा लिन आएका सर्वसाधारणको स्वास्थ्य परिक्षण गरेको नर्सिङ होमका प्रशासन प्रमुख अमित कुशवाहले जानकारी गराए ।
शिविरमा स्वास्थ्य परिक्षण गराएका सर्वसाधारणहरुलाई २ लाखभन्दा बढि रकम बराबरको औषधि विराट नर्सिङ होमले निःशुल्क रुपमा उपलब्ध गरएको कुशवाहले बताए ।
कार्यक्रममा प्रदेश नं. १ का सरकारका स्वास्थ्य मन्त्री निर्मला तावालिम्बु, नेपाल माहेश्वरी परिषद्का अध्यक्ष महेश सोनी, माहेश्वर समाज विराटनगरका अध्यक्ष आनन्द मारु, माहेश्वरी यूवा मञ्च विराटनगरका अध्यक्ष जतिन राठी, उद्योगी चम्पालाल राठी, उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठी, यूवा उद्यमी रमेश राठी कार्यक्रम संयोजिका अर्चना तापडिया र पुनम राठी (पानीटंकी) माहेश्वरी महिला मञ्च विराटनगरका पूर्व अध्यक्ष तथा सल्लाहकार रचना राठी, कार्यसमिति सदस्य पुजा सडानी सहभागिता रहेको थियो ।