कोटा प्रणालीका कारण गार्मेन्ट तथा टेक्स्टाइल उद्योग धरासायी

  • चिरफार डटकम, विराटनगर १०५  पटक हेरिएको

मंगलबार, बैशाख ०८, २०८३ समय : १८:२६:४५ , २ घन्टा अगाडि

कोटा प्रणालीका कारण गार्मेन्ट तथा टेक्स्टाइल उद्योग धरासायी अवस्थाबाट गुज्रिरहेको एक अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरूले धारणा राखेका छन् ।

उद्योगले उत्पादन गरेको सामग्री शतप्रतिशत विदेश निर्यात नगरेसम्म गार्मेन्ट तथा टेक्स्टाइल उद्योग अगाडी बढ्न नसक्ने कुरामो वक्ताहरूले जोड दिएका छन् ।

गार्मेन्ट तथा टेक्स्टाइल उद्योगको बारेमा राज्यको नीति आवश्यक रहेको वक्ताहरूले बताएका छन् । नेपालमा रोजगारी श्रृजना गर्ने हो भने सरकारले गार्मेन्ट तथा टेक्स्टाइल उद्योगको बारेमा स्पष्ट नीति ल्याउन आवश्यक रहेको सहभागी वक्ताहरूले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समिति र साउथ एसियन वाच एण्ड ट्रेड ईकोनोम्मीक्स एण्ड ईनभाईरोमेन्ट (सावती) ले संयुक्त रूपमा आयोजना गरेको नेपालको एलडीसी स्तर उन्नति र गार्मेन्ट तथा टेक्स्टाइल विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले कोटा प्रणालीको कारण गार्मेन्ट तथा टेक्स्टाइल उद्योग चल्ने सक्ने अवस्था नरहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले गार्मेन्ट तथा टेक्स्टाइल उद्योगले विगतमा रोजगारी श्रृजना गर्नको लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै कोटा प्रणालीका कारण उद्योग धरासायी भएको बताए ।

कोशी प्रदेशमा सञ्चालनमा रहेका गार्मेन्ट तथा टेक्स्टाइल उद्योगले हजारौँ सर्वसाधारणलाई रोजगारी उपलब्ध गराएको अध्यक्ष राउतले बताए ।

कार्यक्रममा गार्मेन्ट उद्योगका सञ्चालक शिव रिजाल, रिलायन्स स्पिनिङ मिल्सका रमेश सिग्देल सहित कोशी प्रदेशका ४० जना गार्मेन्ट तथा टेक्स्टाइल उद्योगका सञ्चालकहरूको सहभागिता रहेको थियो ।