- चिरफार डटकम, विराटनगर १६७ पटक हेरिएको
बिहिबार, बैशाख १०, २०८३ समय : १५:३९:०८ , २ घन्टा अगाडि
नेपाल र भारतको सीमान्त क्षेत्र जोगबनी बजारमा हुने गरेको कारोबार घटेको छ । जोगबनी बजारमा प्रत्येक दिन करोडौँ रुपैयाँमा हुने गरेको कारोबार केही दिन यता हजारौँ रुपैयाँमा झरेको छ ।

कारोबार घट्दा भारत विहारको जोगबनी बजार सुनसानको अवस्था छ । जसको कारण बजारका व्यवसायी चिन्तित छन् । जोगबनी बजारमा केही समय अगाडीसम्म प्रत्येक दिन ५ देखि ७ करोड रुपैयाँसम्मको कारोबार भइरहेको थियो ।
२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचन पछि गठन भएको बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले भारतबाट १ सय रुपैयाँ भन्दा बढीको सामान नेपाल ल्याउन नपाउने निर्णय गरेको थियो ।
बालेन सरकारको निर्णय पछि मोरङ जिल्ला सँग सिमाना जोडिएको जोगबनी नाकामा कडाइ गरिएको छ । सिमानामा कडाइ पछि सर्वसाधारण किनमेलका लागि जोगबनी जान छाडेका छन् ।

ग्राहकको अभावमा जोगबनी बजारको कारोबार घटेको छ । समग्रमा भन्दा जोगबनी बजार सुनसानको अवस्था छ । जोगबनीमा मोटो रकम भाडा तिरेर पसल सञ्चालन गरिरहेका नेपाली व्यवसायी पुनः नेपाल फर्किने अवस्था आएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सरकारको निर्देशन पछि जोगबनी नाकामा कडाइ गरिएको बताए ।