- चिरफार डटकम, विराटनगर १२३ पटक हेरिएको
आइतबार, बैशाख १३, २०८३ समय : १४:४७:४९ , २ घन्टा अगाडि
विराटनगर हार्डवेयर संघले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।
भानुभक्त पौडेलले २०८२ चैत २८ गते विराटनगर हार्डवेयर संघको अध्यक्ष पदको जिम्मेवारी सम्हालेपछि रक्तदान कार्यक्रमबाट पहिलो कार्यक्रमको शुभारम्भ गरेको हो ।

विराटनगरको कञ्चनवारी चौकमा आयोजित संघको रक्तदान कार्यक्रममा शिवशक्ति जिमखाना विराटनगर–६ का १५ जनाले रक्तदान गरेका थिए ।
शिवशक्ति जिमखानाका सञ्चालक नविन विक्रम शाहले विराटनगरमा रगतको अभाव भइरहेको बेला विराटनगर हार्डवेयर संघले आयोजना गरेको रक्तदान कार्यक्रममा जिमखानाका १५ जना सदस्यले रक्तदान गरेको बताए ।
विराटनगर हार्डवेयर संघका अध्यक्ष भानुभक्त पौडेलले मणिराज प्रसाईँलाई संयोजक बनाएर रक्तदान कार्यक्रम आयोजना गरेका थिए ।