गणेशमान सिंह फाउण्डेशनले दोस्रो पटक मानव सेवा आश्रममा वितरण गर्‍यो मिष्ठान्न खाना

  • चिरफार डटकम, विराटनगर २०५  पटक हेरिएको

आइतबार, बैशाख १३, २०८३ समय : १४:५०:५३ , २ घन्टा अगाडि

गणेशमान सिंह फाउण्डेशनले दोस्रो पटक विराटनगरको मानव सेवा आश्रममा मिष्ठान्न खाना वितरण गरेको छ ।

गणेशमान सिंह फाउण्डेशनको मोरङ शाखाले उद्योगी, समाजसेवी एवं लायन्सकर्मी किशनलाल दुगडको सहयोगमा विराटनगर–५ स्थित मानव सेवा आश्रममा मिष्ठान्न खाना वितरण गरेको हो ।

फाउण्डेशनको मोरङ शाखाले यस अघि वैशाख ११ गते शुक्रवार दुगडकै सहयोगमा विराटनगर–३ स्थित मानव सेवा आश्रममा मिष्ठान्न खाना वितरण गरेका थिए ।

उद्योगी, समाजसेवी एवं लायन्सकर्मी दुगडका प्रतिनिधि किरण डागाले आइतबार फाउण्डेशन मोरङका अध्यक्ष फुलकुमार लालवानी मार्फत मानव सेवा आश्रम विराटनगरका प्रमुख नवराज केसीलाई २ दिनको मिष्ठान्न खाना बापतको ३० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे मिष्ठान्न खाना वितरण कार्यक्रमका प्रमुख अतिथि रहेका थिए ।

लायन्स डिष्ट्रिकका पूर्वगभर्नर रेवतबहादुर कार्की, फाउण्डेशनका कोशी प्रदेश अध्यक्ष श्याम पौडेल, लायन्स क्लब अफ विराटनगरका अध्यक्ष मनोज मुन्दडा, लायन्स क्लब अफ विराटनगर (एक्टिभ) का अध्यक्ष पंकज अग्रवाल, लायन्स क्लब अफ विराटनगर (इनोभेटिभ) का संस्थापक अध्यक्ष अजिता बराल घिमिरेले कार्यक्रमका विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा सहभागी प्रमुख अतिथिदेखि विशिष्ट अतिथि र अतिथिहरूले मानव सेवा आश्रममा आश्रित महिला ज्येष्ठ नागरिकलाई मिष्ठान्न खाना वितरण गरेका थिए ।