विराटनगरको स्पामा प्रहरीको छापा, ८ सञ्चालक विरुद्ध मुद्दा दायर

  • चिरफार डटकम, विराटनगर १८३  पटक हेरिएको

आइतबार, बैशाख १३, २०८३ समय : १७:२१:५६ , २ घन्टा अगाडि

विराटनगरमा स्पा सञ्चालन गरिरहेका ८ जना सञ्चालकलाई मोरङ प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । मोरङ प्रहरीले शनिवार विराटनगरको स्पामा छापा मारेर सञ्चालक सहित ३६ जना महिला कामदारलाई नियन्त्रणमा लिएका थिए ।

मोरङ प्रहरीका प्रहरी प्रमुख एसपी कवित कटवालले नियन्त्रणमा लिएका ३६ मध्ये सोधपुछ पछि २८ जना महिला कामदारलाई छोडिएको र बाँकी ८ जना सञ्चालकलाई मुद्दा चलाउने तयारी भई रहेको बताए ।

आइतबार सरकारी बिदा परेकोले सोमबार कार्यालय खुल्न साथ मोरङ जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान पछि मुद्दा दायर गर्ने गरी अनुसन्धान जारी रहेको एसपी कटवालले बताए । एसपी कटवालले विराटनगरको रानी क्षेत्रमा एउटै घरको कम्पाउण्ट भित्र गीत गजल, होटेल तथा रेष्टुरेन्ट र स्पा सञ्चालन भइरहेको छ । जुन मापदण्ड विपरीत छ ।

एसपी कटवालले मापदण्ड विपरीत सञ्चालनमा रहेका स्पाका सञ्चालक विरुद्ध मुद्दा चलाउने तयारी भइरहेको बताए । पछिल्लो समय विराटनगर महानगरपालिकाको वडा कार्यालयमा दर्ता गराएर स्पा सञ्चालन भई रहेको छ ।

विराटनगरमा ५० भन्दा बढी स्पा सञ्चालनमा रहेका छन् । स्पा तथा मसाज सेन्टरमा भारती ग्राहको चाप बढ्दो छ ।