विराट व्यापार संघको अध्यक्षमा अग्रवाल, वरिष्ठ उपाध्यक्षमा पौडेल

  • ब्रह्मदेव यादव, विराटनगर ११३  पटक हेरिएको

बुधबार, बैशाख १६, २०८३ समय : १६:१२:२३ , १ घन्टा अगाडि

विराट व्यापार संघको अध्यक्षमा प्रमोद कुमार अग्रवाल (जिन्दल) निर्वाचित भएका छन् । संघको केन्द्रीय कार्यालय विराटनगरमा रहेको छ ।

बुधवार विराटनगरमा सम्पन्न संघको २६औं साधारण सभा तथा १३औं अधिवेशनबाट अग्रवाल अध्यक्षमा निर्वाचित भएको हो । अग्रवाल यस अघि संघमा वरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी सम्हाली रहेका थिए ।

संघको वरिष्ठ उपाध्यक्षमा श्यामलाल पौडेल (भवेष), उपाध्यक्षहरूमा प्रविण अग्रवाल (कागलीवाला), मनोहर कार्की, किरण ढुंगेल र सरस्वती दाहाल ओझा निर्वाचित भएका छन् ।

संघको महासचिवमा महेन्द्र खड्का, उपमहासचिवमा भोजराज निरौला, कोषाध्यक्षमा सुनिता गुरुङ र सह–कोषाध्यक्षमा अशोक पौदार (ख) निर्वाचित भएका छन् । सुनिता गुरुङ यस अघि संघको कोषाध्यक्ष रहेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्