- चिरफार डटकम, विराटनगर १६० पटक हेरिएको
आइतबार, बैशाख २०, २०८३ समय : १७:२९:०६ , २ घन्टा अगाडि
फोकस नेपालले विराटनगरको अरनिको कलेजलाई २०८३ सालको राष्ट्रिय शिक्षा सम्मान प्रदान गरेको छ ।
फोकस नेपालले शनिवार काठमाडौँमा आयोजना गरेको विशेष समारोहमा विराटनगरको अरनिको कलेजलाई उत्कृष्ट कलेज घोषणा गर्दै राष्ट्रिय शिक्षा सम्मान प्रदान गरेको हो ।

विशेष समारोह कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका उपाध्यक्ष लिलाकुमारी भण्डारी र फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले अरनिको कलेजका प्राचार्य राजेश कार्कीलाई राष्ट्रिय शिक्षा सम्मान प्रदान गरेको हो ।
फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले कक्षा ११ र १२ को विज्ञान संकाय तर्फको उत्कृष्ट नतिजाका आधारमा कोशी प्रदेशको पहिलो र नेपालको टपटेनमा पर्न सफल अरनिको कलेजलाई राष्ट्रिय शिक्षा सम्मान प्रदान गरिएको बताए ।
अरनिको कलेजका प्राचार्य राजेश कार्कीले कलेजका सञ्चालक, शिक्षक, शिक्षिका र विद्यार्थीहरूको कडा मेहनत र परिश्रमको कारण कलेज यो उचाइमा पुगेको बताए ।
अरनिको कलेजले प्राप्त गरेको उपलब्धिलाई अझै उचाइमा पुर्याउने उद्देश्यका साथ आफ्नो टिम काम गरिरहेको प्राचार्य कार्कीले बताए ।