- ब्रह्मदेव यादव, विराटनगर १५७ पटक हेरिएको
सोमबार, बैशाख २१, २०८३ समय : १६:३४:१८ , १ घन्टा अगाडि
नीजि क्षेत्रको ठुलो संस्था नेपाल उद्योग परिसंघले कोशी प्रदेशका महिलालाई राज्यको हरेक क्षेत्र मार्फत अगाडी बढाउने उद्देश्यका साथ सोमबार विराटनगरमा महिला नेतृत्व सम्मलेनको आयोजना गर्यो ।

नेपाल उद्योग परिसंघको केन्द्रीय समिति र कोशी प्रदेश समितिको महिला उद्यम समितिले संयुक्त रुपमा विराटनगरमा आयोजना गरेको महिला नेतृत्व सम्मेलनमा हरेक क्षेत्रमा अब्बल ५ सय ५० भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो ।

महिलालाई हरेक क्षेत्र मार्फत अगाडी बढाउने महिला नेतृत्व सम्मेलन काठमाडौँमा केन्द्रित थियो । नेपाल उद्योग परिसंघको केन्द्रीय समिति र कोशी प्रदेश समितिको महिला उद्यम समितिले सरकारले हरेक क्षेत्रमा महिलालाई दिएको अधिकारको बारेमा जानकारी गराउने उद्देश्यका साथ विराटनगरमा पहिलो पटक महिला नेतृत्व सम्मेलनको आयोजना गरिएको थियो ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष एवं संविधान सभाका सदस्य वरिष्ठ उद्योगी पवन सारडाले तीन तहकै सरकारले राज्यको हरेक क्षेत्र मार्फत महिलाकालाई प्रत्यायोजन गरेको अधिकारको बारेमा जानकारी गराउने उद्देश्यका साथ कोशी प्रदेशको राजधानी विराटनगरमा महिला नेतृत्व सम्मेलनको आयोजना गरिएको र त्यसमा सोचे भन्दा बढी सफलता प्राप्त गरेको बताए ।

राज्यले राजनीतिक, सामाजिक, आर्थिक, बैंक तथा वित्तीय क्षेत्रमा महिलाका लागि प्रत्यायोजन गरेको हक र अधिकारको बारेमा सबै महिलालाई थाहा नभएकोले उनीहरूलाई जानकारी गराउन महिला नेतृत्व सम्मेलनको आयोजना गरिएको बताए ।
नेपाल उद्योग परिसंघको महिला उद्यम समितिले हरेक क्षेत्रका विज्ञ मार्फत महिलाका लागि राज्यले प्रत्यायोजन गरेको हक र अधिकारका बारेमा सम्मेलन मार्फत जानकारी गराए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनको उद्घाटन गरेका थिए ।

कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली, द्योग, कृषि तथा सहकारी मन्त्री मो. इस्राईल मन्सुरी , नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष विरेन्द्रराज पाण्डे, केन्द्रीय उपाध्यक्ष भीम घिमिरेल, संघिय सांसद विदुषी राणा कार्यक्रममा सहभागी थिए ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष गिरीजा सारडाले महिला नेतृत्व सम्मेलनको संयोजन गरेका थिए ।