- ब्रह्ममदेव यादव, विराटनगर २८४ पटक हेरिएको
बुधबार, बैशाख ३०, २०८३ समय : १३:४०:३९ , १६ घन्टा अगाडि
राम्रो विद्यार्थीलाई राम्रो शिक्षा दिने विराटनगरको अरनिको कलेजमा नयाँ भर्नाका लागि विद्यार्थीको चाप बढ्दो छ । गुणस्तरीय शिक्षा प्रदानका लागि बेग्लै पहिचान बनाएको कोशी प्रदेशको पहिलो र नेपालको “टप टेन” भित्र पर्न सफल अरनिको कलेज विद्यार्थीको पहिलो रोजाइमा पर्छ ।
यो नै अरनिको कलेजको बढ्दो आकर्षण हो । कलेजले कक्षा ११ मा विज्ञान संकाय तर्फ १ हजार १ सय विद्यार्थी भर्ना लिनका लागि जेठ २ गते शनिबार प्रवेश परीक्षा लिने तयारी गरेको छ । शनिबार दिनको ११ बजेदेखि प्रवेश परीक्षा लिने र साँझपख रिजल्ट प्रकाशन गर्ने तयारी भइरहेको प्राचार्य राजेश कार्कीले जानकारी गराए ।
काठमाडौं उपत्यका बाहिर सबै भन्दा बढी विद्यार्थी भर्ना लिने अरनिको पूर्वाधारमा सुविधा सम्पन्न कलेज हो । गतवर्ष एम.बि.बि.एस. तर्फको प्रवेश परीक्षामा विराटनगरकाबाट २६ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्दा अरनिको कलेजका १९ जना विद्यार्थीले नाम निकालेका थिए ।
अरनिको कलेजमा अध्ययन गरेका विद्यार्थी नितिश श्रेष्ठले गत वर्ष काठमाडौँ विश्व विद्यालयमा इन्जिनियरिङ तर्फ बि.ई. को प्रवेश परीक्षामा प्रथम स्थान हासिल गरेका थिए । अनुक्रम काफ्लेले गत वर्ष पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ तर्फ बि.ई. को परीक्षामा प्रथम स्थान हासिल गरेका थिए ।
अरनिकोका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयमा उल्लेखनीय संख्यामा नाम निकालेर अध्ययन गरिरहेका छन् । सुविधा सम्पन्न भवन, राम्रो प्रयोगशाला र सुविधा सम्पन्न पुस्तकालय अरनिको कलेजको विशेषता हो । अतिरिक्त क्रियाकलाप र सह–क्रियाकलाप तर्फ अरनिको कलेज सधैँ अगाडी छ ।
सूर्योदय भएदेखि सूर्यास्तसम्म अरनिको कलेजमा मर्निङ र डे गरी दुई सिफ्टमा पढाई हुन्छ । कलेजमा अध्ययन गर्न आउने विद्यार्थीले नबुझेको कुरा शिक्षकसँग भेटेर ज्ञान हासिल गर्न सक्ने अरनिको कलेजको विशेषता हो । कलेजमा निःशुल्क कोचिङ कक्षा समेत सञ्चालनमा रहेको छ ।