अनुभवी प्राध्यापक तथा गोल्ड मेडलिस्ट टिमद्वारा सञ्चालित ग्रीनल्याण विराटनगरको १ नम्बर कलेज

  • ब्रह्मदेव यादव, विराटनगर १२९  पटक हेरिएको

शुक्रबार, जेठ ०१, २०८३ समय : १५:१२:४१ , १ घन्टा अगाडि

अनुभवी प्राध्यापक तथा गोल्ड मेडलिस्ट टिमद्वारा सञ्चालित ग्रीनल्याण विराटनगरको १ नम्बर कलेजको सूचिमा पर्छ । पूर्णकालिन युवा तथा अनुभवी टिमबाट सञ्चालनमा आएको गीनल्याण्ड १२ वर्षको अवधिमा आफूलाई विराटनगरको १ नम्बर कलेजको सूचिमा उभ्याउन सफल भएको छ ।

मेडिकल, इन्जिनियरिङ, बि.एस.सी. नर्सिङ सहित देश भरीको प्रतिस्पर्धामा ग्रीनल्याणका विद्यार्थी १ नम्बरमा नाम निकाल्न सफल भइरहेका छन् । विद्यार्थी भर्नाको अनुपातमा काठमाडौं बाहिर रहेका प्लस टू मध्ये सबै भन्दा बढी ग्रीनल्याणका विद्यार्थी फुल स्कलरशिपमा नाम निकाली रहेका छन् । र प्रत्येक वर्ष मेडिकल, इन्जिनियरिङ लगायतका प्रतिस्पर्धामा ग्रीनल्याणका विद्यार्थी अन्य कलेजलाई पछाडी छाड्दै फुल स्कलरशिप मा नाम निकाल्न सफल भइरहेका छन् ।

ग्रीनल्याण कलेजले प्राप्त गरेको उपलब्धिमा कलेजका दक्ष युवा प्राध्यापक तथा गोल्ड मेडलिस्ट टिमको कडा मेहनत र परिश्रम रहेको कलेजका प्रिन्सिपल दिनेशकुमार दाहालको बुझाई छ । प्रिन्सिपल दाहालले भने– विराटनगरका कलेजहरू मध्ये विद्यार्थी भर्नाको अनुपातमा ग्रीनल्याण उत्कृष्ट कलेज हो । र कलेजको नतिजा उत्कृष्ट छ ।

देश भरीको प्रतिस्पर्धामा मात्रै नभई भारतमा समेत ग्रीनल्याणका विद्यार्थी १ नम्बरमा नाम निकाल्न सफल भइरहेका छन् । ग्रीनल्याणका विद्यार्थी विशाल तिम्सिना सी.ए.को प्रवेश परीक्षामा इन्डिया टपको उपाधि प्राप्त गर्न सफल भएका छन् । ग्रीनल्याण कलेजले कक्षा ११ देखि मेडिकल, इन्जिनियरिङको इन्ट्रान्स परीक्षाको तयारी कक्षा सञ्चालन गरिरहेको छ ।

१ विद्यार्थी १ सिपको अवधारणमा सञ्चालित ग्रीनल्याण कलेजले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान सँगै व्यवहारिक ज्ञान प्रदान गर्दै आइरहेको छ । ग्रीनल्याण कलेजमा कोशी प्रदेशकै उत्कृष्ट प्रयोगशाला छ । एक मात्र रिसर्च सेन्टर र स्किल ल्याब ग्रीनल्याण कलेजसँगै छ ।

विद्यार्थीहरूको स्किल वृद्धिका लागि ग्रीनल्याणसँग बेग्लै स्किल डिपार्टमेन्ट छ । डिपार्टमेन्ट अफ स्किल रिसर्च अन्तर्गत निजी क्षेत्रबाट सञ्चालित ग्रीनल्याण नेपालको पहिलो कलेज हो । कलेजमा अध्ययनरत कमजोर विद्यार्थीका लागि अतिरिक्त क्रियाकलापको व्यवस्था छ ।

ग्रीनल्याण कलेजले वार्षिक कार्यक्रम मनाउँदा विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि पर्याप्त अवसर प्रदान गरिरहेको छ । उत्कृष्ट पालिका स्तरीय, जिल्ला स्तरीय, प्रदेश स्तरीय र राष्ट्रिय स्तरका खेलाडीलाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था छ । अब्बल विद्यार्थीलाई क्षमताको आधारमा शतप्रतिशत छात्रवृत्ति प्रदान गरिरहेको छ ।

विश्वको विकसित युग र प्रविधिलाई लक्षित गरेर कलेजले ए.आई. प्रविधि अन्तर्गत प्रोग्रामिङ, कोचिङ र कम्प्यूटरिङको विशेष तालिम प्रदान गरिरहेको छ । ग्रीनल्याण कलेजका डिपार्टमेन्ट अफ स्किल, रिसर्च एण्ड केमेस्ट्री विभागका प्रमुख पवन साहले ग्लोबल ट्रेनिङ विषयवस्तु र मानव जगतमा आउने समस्यालाई लक्षित गरेर कन्फेरिङ र सिम्पोजियम कक्षा सञ्चालन भइरहेको छ ।

अतिरिक्त क्रियाकलाप तर्फ नृत्यकला, गायन कला, खेलकुद, फिल्ड भिजिट, एजुकेशनल टुर, औद्योगिक भ्रमण तथा अवलोकन, ट्राफिक सचेतनामूलक सम्बन्धी कार्यक्रम र मौद्रिक तथा वित्तीय सम्बन्धी तालिम ग्रीनल्याण कलेजको विशेषता हो । २०७० सालमा स्थापना भएको ग्रीनल्याण कलेजमा विज्ञान संकाय, कम्प्यूटर विज्ञान संकाय, व्यवस्थापन र होटेल व्यवस्थापन सम्बन्धी कक्षा सञ्चालन भइरहेको छ ।

ग्रीनल्याणले विज्ञान संकाय तर्फ ७ सय विद्यार्थी भर्ना लिने र शनिबार दिनको १ः३० बजेदेखि प्रवेश परीक्षा लिने र साँझपख रिजल्ट सार्वजनिक गर्ने तयारी पुरा भएको प्रिन्सिपल दाहालले बताए ।