कर नीतिबारे अन्तर्क्रिया कार्यक्रम

  • चिरफार डटकम, विराटनगर १४९  पटक हेरिएको

मंगलबार, जेठ ०५, २०८३ समय : १३:३१:०० , २ घन्टा अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरले सोमबार कर नीतिबारे हार्डवेयर व्यवसायी सँग अन्तर्क्रिया तथा छलफल कार्यक्रम गरेका छन् ।

विराटनगर हार्डवेयर संघले आयोजना गरेको अन्तर्क्रिया तथा छलफल कार्यक्रममा विराटनगरका हार्डवेयर व्यवसायी सहभागी थिए ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले कर नीतिमा उल्लेख गरिएको प्रावधानबारे हार्डवेयर व्यवसायीलाई जानकारी गराए ।

प्रमुख कर अधिकृत उप्रेतीले कर ऐन मार्फत राज्यले व्यवसायीलाई प्रदान गरेको सेवा सुविधा र दण्ड जरिवानाबारे जानकारी गराएका थिए ।

विराटनगर हार्डवेयर संघका अध्यक्ष भानुभक्त पौडेल, संघका निवर्तमान अध्यक्ष तथा विराट व्यापार संघका अध्यक्ष प्रमोद अग्रवाल (जिन्दल) सहित हार्डवेयर व्यवसायी अन्तर्क्रिया तथा छलफल कार्यक्रममा सहभागी थिए ।

विराटनगरमा हार्डवेयर व्यवसायी सञ्चालन गरिरहेका व्यवसायीले राज्यले कर नीति मार्फत व्यवसायीलाई प्रदान गरेको सेवा सुविधाका बारेमा प्रमुख कर अधिकृत उप्रेतीसँग जिज्ञासा राखेका थिए ।