- ब्रह्मदेव यादव, विराटनगर ४५८ पटक हेरिएको
मंगलबार, जेठ ०५, २०८३ समय : १९:२०:१७ , ३ घन्टा अगाडि
ग्यास बुलेटको ठक्करबाट मंगलबार विराटनगरमा बाबु–छोरीको घटनास्थलमै मृत्यु भएको छ ।
विराटनगरबाट ग्यास खन्याएर आइसपी बुधनगर भेडियारी तर्फ गइरहेको ASO1 FC 0919 नम्बरको ग्यास बुलेटले धरान विराटनगर सडक खण्डको विराटनगर–१४ स्थित हनुमान मन्दिर अगाडी आइसीपी मोडमा पछाडिबाट साइकल चालकलाई ठक्कर दिँदा घटस्थापल मै बाबु–छोरीको मृत्यु भएको छ ।
विराटनगर–१४ स्थित सरस्वती चौक घर भएका बाबु गिरीजानन्द ठाकुर र उनका १४ वर्षीय छोरी गरिमा ठाकुरको मृत्यु भएको पहिचान खुलेको छ ।
विराटनगर–१४ जतुवा स्थित बाल माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका गरिमा ठाकुरलाई उनका बाबु गिरीजानन्द ठाकुरले स्कुल छुट्टी पछि साइकलमा बसाएर घर तर्फ लगिरहेको बेला ग्यास बुलेटले ठक्कर दिएको थियो । घटनास्थलमै बाबु–छोरीको मृत्यु भएको छ ।
सडक दुर्घटनामा सडक निर्माण ठेकेदारको चरम लापरबाही देखिएको छ । ३ महिनादेखि सडक खनेर चारै तर्फबाट घेराबेरा लगाएर सडकलाई बेवारिसे अवस्थामा छोडिदिँदा मंगलबारको दुर्घटना भएको हो ।
विराटनगरबाट आइसी तर्फ गइरहेको ग्यास बुलेट विराटनगर–१४ हनुमान मन्दिर अगाडी आइसी मोडमा ट्रनिङ लिने बेलामा अगाडी गुडी रहेको साइकललाई ठक्कर दिएको थियो ।
बाबु–छोरीलाई ठक्कर दिने सवारी चालक रामलाल सहनी र ग्यास बुलेट इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा रहेको छ । घटना पश्चात् आइसीपी मोडमा सडक निर्माण कम्पनीका ठेकेदारलाई कारबाही गर्नुपर्ने माँग गर्दै स्थानीयवासीले आन्दोलन गरिरहेका छन् ।
मंगलबार विराटनगर भन्सार कार्यालयमा जाँच पास भएको संयौ मालवाहक सवारी साधन स्थानीयवासीको आन्दोलनको कारण विराटनगर भन्सार कार्यालयमा अलपत्र परेको छ ।