कर छलीको अनुसन्धान सुरु

  • चिरफार डटकम, विराटनगर ३०३  पटक हेरिएको

शुक्रबार, जेठ ०८, २०८३ समय : १६:२७:०४ , ३ घन्टा अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरले कर छलीको अनुसन्धान सुरु गरेको छ ।

आन्तरिक राजश्व कार्यालय विराटनगरको अनुसन्धान टोली कर छली सम्बन्धी उजुरी परेको औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा पुगेर अनुसन्धान गरिरहेको कार्यालय निकट समाचार सूत्रले जानकारी गराएको छ ।

पछिल्लो समय कार्यालयमा कर छली सम्बन्धी उजुरी परिरहेको छ । कार्यालयमा प्रत्येक दिन २ देखि ३ वटासम्म कर छलीको उजुरी परिरहेको छ ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले कार्यालयमा परेको कर छली सम्बन्धी उजुरीको निष्पक्ष रूपमा छानबिन भइरहेको बताए ।

शुक्रवार चिरफार डटकम सँग कुरा गर्दै प्रमुख कर अधिकृत उप्रेतीले भने : कसैलाई दुःख दिने हाम्रो उद्देश्य होइन । तर कर छली सम्बन्धी उजुरी परेकोले सत्य तथ्य पत्ता लगाउन छानबिन भइरहेको बताए ।