- चिरफार डटकम, विराटनगर २१२ पटक हेरिएको
बुधबार, जेठ १३, २०८३ समय : १६:१५:४० , ३ घन्टा अगाडि
यही जेठ १७ गते आइतबार विराटनगरमा मधेसी एकता सम्मेलन हुन लागेको छ ।
आगामी प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा धेरै भन्दा धेरै स्थानमा मधेसी उम्मेदवारलाई विजयी गराउने उद्देश्यका साथ मधेसीलाई एकै ठाउँमा उभ्याउन मधेसी एकता सम्मेलन हुँदैछ ।
जुन सम्मेलनमा सबै क्षेत्र तह र तप्काका व्यक्तिहरूको सहभागिता रहने छ । मधेसी उत्थान विचार मञ्च विराटनगर मोरङले मधेसी एकता सम्मेलनको आयोजना गर्न लागेको छ ।
विराटनगरको स्टन स्टार होटेलको सभा हलमा मधेसी एकता सम्मेलनको आयोजना गर्न लागेको आयोजक संस्थाका संयोजक उमेश यादवले जानकारी गराए ।
मञ्चका संयोजक यादवले मधेसवादीदेखि गैर मधेसवादी दलमा आवद्ध मधेसी नेताहरूलाई सम्मेलनमा सहभागिता जनाउन निम्तो दिएको बताए ।
उद्योगी र व्यवसायीलाई समेत सम्मेलनमा सहभागिता गराउने गरी निम्तो दिएको उनले बताए ।