अरनिको कलेजमा १२५३ विद्यार्थीलाई अभिमुखीकरण

  • चिरफार डटकम, विराटनगर १७०  पटक हेरिएको

बिहिबार, जेठ १४, २०८३ समय : १४:०३:४० , १ घन्टा अगाडि

विराटनगरको अरनिको कलेजले कक्षा ११ मा विज्ञान संकाय तर्फ भर्ना भएका १ हजार २ सय ५३ जना विद्यार्थीहरूलाई लगातार २ दिनसम्म अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

विराटनगरको अरनिको कलेज कोशी प्रदेशको नम्बर १ र नेपालको टप टेन भित्र पर्न सफल कलेज हो । जुन कलेजमा कक्षा ११ मा विज्ञान संकाय तर्फ भर्नाका लागि नेपालका ४४ जिल्लाका विद्यार्थीको भिड लाग्ने गरेको छ ।

अरनिको कलेजमा यस वर्ष विज्ञान संकाय तर्फ बायलोजिमा ८ सय ३६ र कम्प्यूटरमा ४ सय १७ गरी १ हजार २ सय ५३ जना विद्यार्थीले भर्ना लिएका छन् ।

कलेजले भर्ना लिएका नयाँ विद्यार्थीका लागि जेष्ठ १६ र १७ गरी लगातार २ दिनसम्म अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

कलेजले विज्ञान संकाय तर्फ बायलोजिमा भर्ना भएका ८ सय ३६ जना विद्यार्थीलाई जेष्ठ १६ गते शनिबार र कम्प्यूटरमा भर्ना भएका ४ सय १७ जना विद्यार्थीलाई जेष्ठ १७ गते आइतबार अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । अरनिको कलेज विहान र दिउँसो गरी दुई सिफ्टमा सञ्चालन भइरहेको छ ।

विराटनगरको कञ्चनजंघा पार्टी प्यालेसमा आयोजना गर्न लागेको अभिमुखीकरण कार्यक्रमका प्रमुख वक्ता मोटिभेटर तारा गिरी रहेका छन् ।

२०५५ सालमा अरनिको कलेजमा विज्ञान संकाय तर्फको अध्ययन सुरु भएको थियो । विगत ८ वर्षदेखि अरनिको कलेज नयाँ व्यवस्थापन पक्षले सञ्चालन गरिरहेको छ ।

लक्ष्मीप्रसाद अधिकारी, राजेश कार्की, निलमकुमार अधिकारी, विकास खनाल, शैलेन्द्रकुमार झा, भरतराज दाहाल, उमेन्द्र विलाश लुँईटेल र डा. भवेन्द्र निरौलाले सञ्चालन गरिरहेको अरनिको कोशी प्रदेशको नम्बर १ र नेपालको उत्कृष्ट कलेज हो ।