आन्तरिक राजश्व कार्यालय विराटनगरद्वारा उद्योग र व्यवसायी प्रतिष्ठानको अनुगमन सुरु

  • चिरफार डटकम, विराटनगर २१८  पटक हेरिएको

सोमबार, जेठ २५, २०८३ समय : १८:११:३५ , २ घन्टा अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरले उद्योग तथा व्यवसायी प्रतिष्ठानको अनुगमन सुरु गरेको छ ।

दर्जनौँ उद्योग तथा व्यवसायी प्रतिष्ठानको अनुगमन गरिसकेको कार्यालयले थप अनुगमनलाई निरन्तरता दिइरहेको छ ।

पछिल्लो समय कर छली गरेको विषयमा उजुरी पर्न थालेपछि त्यसको सत्य तथ्य पत्ता लगाउन कार्यालयले उद्योग तथा व्यवसायी प्रतिष्ठानको अनुगमन गरिरहेको छ ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले कर छलीबारे उजुरी परेकोले त्यसको सत्य तथ्य पत्ता लगाउन उद्योग तथा व्यवसायी प्रतिष्ठानको अनुगमन गरिरहेको बताए ।

कार्यालय प्रमुख उप्रेतीले उद्योग तथा व्यवसायी प्रतिष्ठानले वार्षिक रूपमा देखाएको कारोबारमा मोटो रकम कर छली गरेको परेको उजुरीको आधारमा अनुगमन भइरहेको बताए ।

उद्योगी तथा व्यवसायी प्रतिष्ठानले छली गरेको रकम बारे सत्य तथ्य सार्वजनिक गर्ने कार्यालय प्रमुख उप्रेतीले बताए । कार्यालय प्रमुख उप्रेतीले भने– प्रत्येक दिन २ देखि ३ वटासम्म कर छलीको उजुरी परिरहेको छ ।

उजुरी पर्ने क्रम निरन्तर जारी छ । कसैलाई दुःख दिने हाम्रो उद्देश्य होइन । तर उजुरी परिसकेपछि त्यसको छानबिन गर्नुपर्ने हाम्रो दायित्व हो । उजुरी परेको उद्योग तथा व्यवसायी प्रतिष्ठानमा हाम्रो टोली पुगेर सत्य तथ्य बुझ्‌ने काम भइरहेको उनले बताए ।