विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले दिए राजीनामा

  • चिरफार डटकम, विराटनगर २२१  पटक हेरिएको

शुक्रबार, जेठ २९, २०८३ समय : १६:०१:४१ , ४ घन्टा अगाडि

विराटनगर महानगरपालिका इन्जिनियर अर्जुन थापाले राजीनामा दिएका छन् ।

विराटनगर महानगरपालिकाको योजना तथा पूर्वाधार विकास महाशाखा प्रमुख इन्जिनियर थापाले जेठ २० गते राजीनामा दिएको र उनको राजीनामा स्वीकृति भइसकेको सूचना अधिकारी अर्जुन थपलियाले जानकारी गराए ।

आर्थिक वर्ष २०८२/०८३ को अन्तिम समयमा विराटनगर महानगरपालिका पूर्वाधार विकासको क्षेत्रमा काम गर्न व्यवस्था रहेको बेला योजना तथा पूर्वाधार विकास महाशाखा प्रमुख थापाले राजीनामा दिएका छन् ।

यस अघि विराटनगर महानगरपालिकाको योजना तथा पूर्वाधार विकास महाशाखा प्रमुख इन्जिनियर भरत न्यौपानेले राजीनामा दिएका थिए ।