विराटनगर कारागारका कैदी–बन्दीको आँखा परीक्षण

  • चिरफार डटकम, विराटनगर १०७  पटक हेरिएको

शुक्रबार, जेठ २९, २०८३ समय : १६:०३:१४ , ४ घन्टा अगाडि

विराटनगर कारागारमा कैदी–बन्दीको जीवन बिताइ रहेका ४ सय १० जनाले आँखाको परीक्षण गराएका छन् ।

चौकीदार राकेश यादवको पहलमा विराटनगर कारागार प्रशासनले कैदी–बन्दीका लागि निःशुल्क आँखा परीक्षण  शिविर आयोजना गरेका थिए ।

रानी आँखा अस्पतालको प्राविधिक सहयोगमा कैदी–बन्दीको आँखा परीक्षण गरिएको थियो ।

४ सय १० जना कैदी–बन्दीले आँखाको परीक्षण गराउँदा ४ जनाको आँखामा मोतिया बिन्द रोग फेला परेका थिए ।

१ सय ५ जनाको आँखामा समस्या देखिएकोले नजिक र टाढा हेर्नका लागि सस्तो र सुलभ मूल्यमा पावरवाला चश्मा वितरण गरिएको चौकीदार राकेश यादवले जानकारी गराए ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल आँखा शिविरमा सहभागी भएका थिए ।