- चिरफार डटकम, विराटनगर २४३ पटक हेरिएको
शुक्रबार, जेठ २९, २०८३ समय : १६:०६:३८ , ४ घन्टा अगाडि
शनिहाट समाज विराटनगरले शुक्रबार विराटनगरमा ३ हजारभन्दा बढी सर्वसाधारणहरूलाई मोही र फलफूल वितरण गरेको छ ।

समाजले विराटनगर महानगरपालिकाको गेट अगाडी शनिहाट चौकमा स्टल राखेर ३ हजार भन्दा बढी सर्वसाधारणलाई मोही, काँक्रो र फलफूल वितरण गरेको समाजका अगुवा उद्योगी एवं समाजसेवी देवकिन्दन अग्रवालले जानकारी गराए ।
विराटनगरको गर्मी मौसमलाई ध्यानमा राखेर बाटो हिँड्ने सर्वसाधारणलाई केही हदसम्म भए पनि राहत प्रदान गर्ने उद्देश्यका साथ शनिहाट समाज सँग आबद्ध उद्योगी, व्यवसायी र समाजसेवीहरूको सहयोगमा मोही, काँक्रो र फलफूल वितरण गरिएको अग्रवालले बताए ।

उद्योगी एवं समाजसेवी देवकिनन्दन अग्रवाल, पवन शर्मा पुरोहित, शेरसिंह दुगड, पप्पु बरुवाल, संजय मानन्धर, श्याम सरावगी, मनोज राठी, बासु राठी र मुबारक फुड सेन्टरका मो. नाजु लगायतले सर्वसाधारणलाई मोही, काँक्रो र फलफूल वितरण गरेका थिए ।