- चिरफार डटकम, विराटनगर ८६ पटक हेरिएको
मंगलबार, आषाढ ०२, २०८३ समय : १७:५१:०२ , २ घन्टा अगाडि
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको बजेट सन्तुलित रहेको निश्कर्ष निकालेको छ ।
कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आर्थिक वर्ष २०८३/०८४ का लागि ४० अर्ब ४४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बजेटको अध्ययन पछि चिरफार डटकमसँग कुरा गर्दै अध्यक्ष राउतले कोशी प्रदेश सरकारको बजेट पर्यटन, प्रवर्द्धन तथा कृषि क्षेत्रको उत्पादन क्षमता बढाउनेमा केन्द्रित रहेको बताए ।
सरकारले बजेट मार्फत कृषि क्षेत्रमा लगानी केन्द्रित गरेकोले कोशी प्रदेश दुग्धपछि कृषि उत्पादनमा आत्मनिर्भर बन्ने अध्यक्ष राउतको बुझाई छ । बजेटले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगसँगै घरेलु उत्पादनलाई प्रोत्साहन गरेको अध्यक्ष राउतको टिप्पणी छ ।
कोशी प्रदेशमा पर्याप्त पर्यटकीय स्थल रहेको र त्यसको संरक्षणका लागि बजेट विनियोजन गरिएकोले कोशी प्रदेश पर्यटकीय गन्तव्य स्थलको रूपमा अगाडी बढ्ने अध्यक्ष राउतको बुझाई छ ।