- चिरफार डटकम, विराटनगर ३१३ पटक हेरिएको
बुधबार, आषाढ ०३, २०८३ समय : १३:३८:२४ , ४ घन्टा अगाडि
विराटनगरका उद्योगी एवं समाजसेवी देवकिनन्दन अग्रवालले आफ्ना हजुरबुवा–हजुरआमा स्व. अर्जुनदास अग्रवाल र स्व. गोमतीदेवी अग्रवालको सम्झनामा विराटनगर महानगरपालिकाको मुख्य प्रवेशद्वारमा शुद्ध खानेपानी सेवा सञ्चालनमा ल्याएको छ ।
उद्योगी एवं समाजसेवी देवकिनन्दन अग्रवालका बुवा वंशीधर अग्रवाल र आमा गीतादेवी अग्रवालले आफ्ना स्वर्गीय बुवा–आमा अर्जुनदास अग्रवाल र गोमतीदेवी अग्रवालको नामबाट विराटनगरवासीलाई शुद्ध खानेपानी खुवाउने इच्छा व्यक्त गरेकोले विराटनगर महानगरपालिकाको मुख्य प्रवेशद्वारमा खानेपानीको मेसिन सहित ब्राण्डेड कम्पनीको धारा जडान गरिदिएको बताए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र दाता अग्रवाल परिवारको तर्फबाट उद्योगी एवं समाजसेवी देवकिनन्दन अग्रवालले बुधवार एक भव्य समारोहका बिच समाजका विशिष्ट व्यक्तिको उपस्थितिमा खानेपानी धाराको उद्घाटन गरेका थिए ।
विराटनगर महानगरपालिकाका कर्मचारी सहित सेवाग्राही र बाटो हिँड्ने जोकोही सर्वसाधारणले खानेपानी सेवा लिन सक्ने छ ।
उद्योगी एवं समाजसेवी देवकिनन्दन अग्रवालले स्व. हजुरबुवा अर्जुनदास अग्रवालको कर्मथलो विराटनगर नै रहेको र विराटनगरवासीलाई शुद्ध खानेपानी खुवाउने मेरो बुवा वंशीधर अग्रवाल समक्ष इच्छा व्यक्त गरेकोले विराटनगर महानगरपालिकाको मुख्य प्रवेशद्वारमा शुद्ध खानेपानी सेवा सञ्चालनमा ल्याएको बताए ।