नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको द्वितीय उपाध्यक्षमा बिडलाको उम्मेदवारी

  • चिरफार डटकम, विराटनगर १६४  पटक हेरिएको

बिहिबार, आषाढ ०४, २०८३ समय : १४:३१:०२ , ३ घन्टा अगाडि

विराटनगरका इन्धन व्यवसायी सुनिलकुमार बिडलाले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोशिएसनको द्वितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यही असार ५ र ६ गते काठमाडौँमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको ४६औं वार्षिक साधारण सभा तथा १७औं राष्ट्रिय सम्मेलनमा बिडलाले द्वितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विश्व अर्यालको प्यानलबाट बिडला एशोसिएसनमा द्वितीय उपाध्यक्ष पदको उम्मेदवार बनेको हो ।

द्वितीय उपाध्यक्ष पदका उम्मेदवार बिडलाले विश्वको विकसित देशमा इन्धन व्यवसायीले इन्धन बिक्रीबाट प्राप्त गरिरहेको कमिसन प्रतिशतलाई नेपालमा लागु गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

द्वितीय उपाध्यक्ष पदका उम्मेदवार सुनिल कुमार बिडला विराटनगरका पुराना इन्धन व्यवसायी स्व. सत्यनारायण बिडलाका छोरा हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित