- चिरफार डटकम, विराटनगर १०९ पटक हेरिएको
आइतबार, आषाढ ०७, २०८३ समय : १८:३५:५६ , ५ घन्टा अगाडि
विराटनगरका इन्धन व्यवसायी सुनिलकुमार बिडला नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको द्वितीय उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको असार ५ र ६ गते काठमाडौँमा सम्पन्न ४६औं वार्षिक साधारण सभा तथा १७औं राष्ट्रिय सम्मेलनबाट बिडला द्वितीय उपाध्यक्ष पदमा निर्वाचित भएको हो ।

बिडला एशोसिएशनमा विश्वप्रसाद आर्यालको समूहबाट द्वितीय उपाध्यक्ष पदमा निर्वाचित भएको हो । एशोसिएशनमा अर्याल राष्ट्रिय अध्यक्ष पदमा निर्वाचित भएको हो ।
बिडला विराटनगरमा एस लाल एण्ड सन्स पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् । यस बाहेक आधा दर्जन भन्दा बढी पेट्रोल पम्पमा बिडला व्यवसायीक साझेदार रहेका छन् ।