असार मसान्त भित्र विराटनगरको भाट–भटेनी सञ्चालनमा ल्याउने तयारी

  • चिरफार डटकम, विराटनगर १२१  पटक हेरिएको

मंगलबार, आषाढ ०९, २०८३ समय : १७:०३:५३ , ४ घन्टा अगाडि

असार मसान्त भित्र विराटनगरको भाट–भटेनी सुपर मार्केट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

२०८२ भाद्र २४ गते जेन्जी युवा पुस्ताको आन्दोलनको क्रममा विराटनगरको भाट–भटेनीमा तोडफोड र आगजनी भएको थियो । आगजनीबाट आनसिक रूपमा क्षति पुगेको भाट–भटेनी सुपर मार्केटको नयाँ निर्माण शैलीमा मर्मत सम्भारको काम भइरहेको छ ।

भाट–भटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले असार मसान्त भित्र विराटनगरको भाट–भटेनी सुपर मार्केट सञ्चालनमा ल्याउने गरी ३ सय जना मजदुरले काम गरी रहेको बताए ।

सुरुमा १ सयदेखि १ सय ५० जना मजदुरले काम गरिरहेकोमा असार १ गतेदेखि ३ सय जना मजदुरले काम गरिरहेको अध्यक्ष गुरुङले बताए ।

३ सय जना मजदुरले डे र नाइट गरी दुई सिफ्‌टमा काम गरिरहेकोले असार मसान्त भित्र भाट–भटेनी सुपर मार्केट सञ्चालनमा आउनेमा आफू आशावादी रहेको अध्यक्ष गुरुङले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्